'म्याक्स हस्पिटलले जोड्यो ६ ठाउँमा भाँचिएको खुट्टा'



Download our app to get more features

विराटनगर, ९ माघ I धनुषा सिंयाहीका शोखिलाल महतोको ६ ठाउँमा भाँचिएरको दायाँ खुट्टा विराटनगरस्थित म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरको सफल शल्यक्रियापछि जोडिएको  छ ।

सवारी दुर्घटनामा दाहिने खुट्टा ६ ठाउँमा भाँचिएको महतोको दुई पटक शल्यक्रिया गरेपछि जोडिएको हस्पिटलले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
हस्पिटलका अर्थोपेडिक सर्जन डा. संजय कुमार साहसहितको टिमले शल्यक्रियापछि महतो ठीक भएको जनाएको छ । ‘हस्पिटलले २ महिना लगाएर उपचार गरेपछि ६ ठाउँमा भाँचिएको खुट्टा अहिले ठीक भएको छ ।’ हस्पिटलका अध्यक्ष शत्रुधन यादवले भने, ‘दुर्घटनामा परी अरु हस्पिटलले काटनु पर्छ भनेको खुट्टा हाम्रो हस्पिटलमा सफल उपचार भएको छ ।’ उनको दाहिने खुट्टामा २ वटा स्टिल लगाएको छ । अहिले बैशाखीको साहारामा हिडडुल गर्न सक्ने भएका छन् । दुई महिनाको उपचारपछि शनिबार महतो डिस्चार्ज भएको हस्पिटलको भनाइ छ ।

नयाँ जीवन पाएँ : महतो
पत्रकार सम्मेलनमा उपस्थित महतोले म्याक्स हस्पिटलले नयाँ जीवन दिएको बताए । ‘दुर्घटनामा परेपछि थुप्रै हस्पिटल पुगँे,’ उनले भने, ‘अधिकांश चिकित्सवले खुट्टा काटनुपर्ने सल्लाह दिए । तर मैले मानिन ।’ उलने भने, ‘म्याक्स हस्पिटल आइपुग्दा डा. सन्जयकुमार साहको टिमले राम्रो उपचार गरेर बैशाखीको साहारामा हिड्नसक्ने भएको छु ।’ उनको उपचारमा ९ लाख ३४ हजार खर्च भएको हस्पिटलका अध्यक्ष यादवले जानकारी दिए ।

 

 

Last modified on 2018-01-23 17:13:57

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts