सातै प्रदेशमा मेडिकल स्टोर



Download our app to get more features

काठमाडौं, ८ माघ । सरकारले सात वटै प्रदेशमा मेडिकल स्टोर खोल्ने भएको छ ।

स्थानीय तहको सहजताका लागि सरकारले सात वटै प्रदेशमा मेडिकल स्टोर खोल्ने तयारी गरेको हो । 

स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्था विभागका निर्देशक डा. रमेश कुमार खरेलका अनुसार स्थानीय तहका जनताको सहजतालाई मध्यनजर गर्दै मेडिकल स्टोर खोल्न लागिएको हो । हामीले योजना अगाडी सारेका छौं डा. खरेलले भने, तर, कुन जिल्लामा राख्ने भनेर स्थान तोकेको अवस्था छैन । भोगोलिकता अध्ययन गरी अन्तराष्ट्रिय मापदण्ड अनुसार मेडिकल स्टोर खोलिने छ । 

केन्द्रीय सरकारलाई प्रदेश अनुसार स्वास्थ्य मन्त्रालय रहने भएपछि सो क्षेत्रलाई आवश्यक पर्ने भ्याक्सिन र औषधि भण्डारण कक्ष छुट्टा छुट्टै आवश्यक परेको हो । भण्डारणका लागि तापक्रम स्थान उपयुक्त हुनु पर्ने पनि डा. खरेलले बताए । 

मेडिकल स्टोर भएका प्रदेश
हाल सरकार समक्ष पथलैयाँमा केन्द्रिय मेडिकल स्टोर रहेको छ । उक्त केन्द्रिय मेडिकल स्टोर बाट स्वास्थ्य मन्त्रालयले प्रदेशमा रहेका शाखा मेडिकल स्टोरमा सरकारले उपलब्ध गराउने सबै प्रकारका औषधिहरु उपलब्ध गराउने छ । हाल प्रदेश नम्वर १ को विराटनगर प्रदेश नम्वर ३ को हेटौंडा प्रदेश नम्वर ५ को बुटवल र नेपालगंन्ज र प्रदेश नम्वर ७ को धनगढीमा मेडिकल स्टोर रहेका छन् । 
त्यस्तै प्रदेश नम्वर २ प्रदेश नम्वर ४ र प्रदेश नम्वर ६ मा खालि रहेको छ । केन्द्रबाट भन्दा प्रदेश बाट औषधि समयमा वितरण हुने भएपछि सरकारले सबै प्रदेशमा मेडिकल स्टोर खोलि औषधि वितरण गर्न लागेको हो ।
 
(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2018-01-23 08:25:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts