उपत्यकामा भाईरल ज्वरोका बिरामी एक्कासी बढे



Download our app to get more features

काठमाडौं, ८ माघ । पछिल्लो दुई दिन यता उपत्यकामा रुघा खोकी र भाईरल ज्वरोका विरामी एक्कासी बढेका छन् । 

मौसममा देखिएको फेरबदल संगै उपत्यकामा दुई दिनमै भाईरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको हो । 

शुक्रराट ट्रफिकल तथा सरुवारोग अस्पतालमा उपचारका लागि आउने ६० प्रतिशत बिरामीहरुमा मौसमी ईन्फ्लुएन्जाको आशंका चिकित्सकहरुले गरेका छन् ।

दुई दिन यता ईन्फ्लुएन्जाको लक्षण संग मिल्दा जुल्दा धेरै बिरामीहरु टेकु अस्पतालमा आएका छन् सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने ।

आजमात्रै मलै उपत्यकाका १७ जना बिरामी हेरे उनले भने, परिक्षण गरिएका बिरामी मध्ये १० जनामा ईन्फ्लुएन्जाको शंका गरिएको छ । डा. पुनका अनुसार ईन्फ्लुएन्जामा हुने सबै जसो लक्षण बिरामीमा मिल्न गएको छ । 

उनले ईन्फ्लुएन्जाको आशंकामा आफुले प्रति विरामी २० मिनेट सम्म लगाएर जानकारी लिएको बताए । 

उपचारमा आउनेको लक्षण 
उपचारमा आउने बिरामीहरुमा ज्वरो आउँने, बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएको चिकित्सकहरुले बताएका छन् । उनिहरुले आफ्नो परिवार र केहीले विद्यालयबाट सरको बताएका थिए । 

(नयाँ पत्रिका दैनिकबाट)


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts