नेपालमै पहिलो पटक विशेष नवशिशु उपचार केन्द्र स्थापना
काठमाडौं,९ माघ । जिल्ला अस्पताल धादिङमा नेपालमै पहिलो पटक विशेष नवशिशु उपचार केन्द्र स्थापना गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य माहाशाखा प्रमुख परशुराम श्रेष्ठले जिल्ला अस्पतालको भवनमा नवशिशु उपचार केन्द्र उद्घाटन गरेका छन् ।
नवशिशु मृत्युदर शून्यमा पुर्याउने अभियान सफल बनाउन धादिङबाट नवशिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।
केन्द्र स्थापना भएपछि बच्चा जन्मिनेबित्तिकै कुनै गम्भीर प्रकृतिका समस्याबरे तत्काल केन्द्रमा राखेर उपचार गर्न सजिलो हुने जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ड गौरव महतोले जानकारी दिए ।
(आजको अन्नपूर्ण दैनिकबाट)