नर्सलाई हेर्ने दृष्टिकोण बदलौं 



Download our app to get more features

र्स शब्द सुन्ने बित्तिकै 'lady with the lamp' अर्थात फ्लोरेन्स नाइटिंगेललाइ स्मरण नगर्ने सायदै कम होलान् । फ्लोेरेन्स नाइटिंगलले पुर्याएको सेवा र योगदानलाई मानिसहरुले अझै बिर्सेका छैनन् । तर आजका नर्सहरुमा भने नाइटिंगलमा जस्तो सेवाको भावना न्युन रहेको पाइन्छ ।  व्यापारीक रुपमा निम्तिमात्रै अध्ययन गर्ने र नितान्त पेशाका रुपमा मात्र नर्सिङ पेशालाई लिने जमात बढेको छ । जुन विडम्वनायुक्त छ ।  नसिङ पेसालाई यति हल्कासँग लिएको देख्दा एउटा नर्स भएका हिसावले कता कता पीडा हुँदो रहेछ । 
नर्सको कर्म भनेको स्वास्थ्य सेवामा मात्रै नभई समाज सेवाको एउटा महत्वपुर्ण जिम्मेवारी पनि हो । यसका बारेमा थाहा त सबैलाई होला तर व्यवहारमा पाइँदैन । यो समयमा फ्लोरेन्स नाइटिंगलले गरेको योगदान नविर्सने यो समाज आहिले आएर नर्स भन्ने सब्द सुन्नसाथ नोकरको जस्तो व्यवहार गरेको देख्दा दुःख लाग्छ । कडा परिश्रमका र मेहेनतका साथ अध्ययन सकेर काममा लागेकाहरुको सामान्य सम्मान समेत नहुनु पनि असन्तोषको अर्को कारण हो । एउटी विद्याथीर्ले नर्स बन्नका लागी गरेको संघर्ष र लगनशिलता कि त उसका मातापितालाइ थाहाहुन्छ कि त उसैलाई ।

 
वास्तवमा नर्स पेशा पुर्णरुपमा स्वार्थरहित सेवा प्रदान गर्ने पेशा हो । जनमानसलाई स्वस्थ्य सेवा प्रदान गर्ने, स्वस्थ जीवनका बारेमा जनचेतना जगाउनमा पनि नर्सको भूमिका हुन्छ । भनिन्छ, स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो । चाहे मानिस अन्य रुपमा सम्पन्न होस मानसिक र शारीरिक रुपमा स्वस्थ भएन भने त्यसको कुनै अर्थ छैन । त्यसैले नेपाल जस्तो विकासोन्मुख राष्ट्रका मानिसका लागि अझै सम्वृद्ध स्वास्थ्य सेवाको आवश्यक्ता छ । जो दक्ष नर्स बिना सम्भव छैन । यसलाई सबैले बुझ्न जरुरी छ ।
तर, अहिलेको समाजमा नर्सिङ पेशालाई एउटा व्यवसायका रुपमा मात्र हेर्ने गरिन्छ । तर धेरैले नर्सको जीवन कति कष्टकर छ भने बुझ्दैनन् । आफ्नो व्यथालाइ दवाएर दिनरात, भोकतिर्खा नभनी बिरामीलाई आफ्नै परिवारको सदस्यको रुपमा सेवा गर्नु कम्ता चुनौतिपूर्ण छैन । तैपनी केही भावनाविहीन नर्सको व्यवहारलाई आधार मानी सबैलाई नर्सलाई हेयको दृष्टिकोणले हेरिनु पनि दुःखद हो । 
बिरामिको अनवरत सेवा गर्दासमेत कति बिरामीका आफन्तले जस दिँदैनन् यद्यपी नर्सहरु आफ्नो धर्मबाट किञ्चित डगमगाएका छेनन् । बिरामिको राम्रोका लागी भन्दा उनीहरुको आफन्तको नजरमा छुच्चो हुनुपर्छ । यस्तो मानसिकतालाई परिवर्तन गरेमात्र नर्सहरुलाई सन्तुष्टि मिल्न सक्छ ।
गतसालको महाभूकम्पका समयमा कति नर्सले ज्यान गुमाए भने कतिले ज्यानको बाजी थापेर मानवसेवामा तल्लिन भइरहे । सायद यस्तो समयमा नर्सहरुले बिनास्वार्थ अहोरात्र खटिएर कार्य गर्नु फ्लोरेन्स नाइटिंगलको अनुसरण नै हो । भने उनीप्रतिको सच्चा श्रदाञ्जली पनि । त्यसैले नर्सहरुको बढ्दो विदेश पलायनलाई रोक्न अत्यन्त जरुरी छ । क्षमतावान नर्सहरुलाई उचित पेशागत सम्मानको आवश्यक्ता छ । उनीहरुको श्रमशोषण नभई श्रमको मूल्यांकन हुनु जरुरी छ । 

राउत नर्भीक अस्पतालमा नर्सका रुपमा कार्यरत छिन् ।

Last modified on 2016-05-13 07:31:39

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts