ललितपुर र नुवाकोटमा नेशनल हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

What's This?


Download our app to get more features

काठमाडौं, ३ माघ । नेपाल नेशनल हस्पिटल र हिमालयन नेपाल फाउन्डेसनको संयुक्त आयोजनामा ललितपुरको गिम्दी र नुवाकोटको बेलकोटगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

१ र २ माघमा चलेको स्वास्थ्य शिविरबाट दुबै जिल्लामा गरी १८ सय भन्दा बढी सर्वसाधारणले निःशुल्क सेवा लिएका थिए । शिविरमा भिडियो एक्स रे, इको, सुगर र पिसाबमा प्रोटिनको मात्रा जाँच निःशुल्क गरेको नेपाल नेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले बताए । शिविरमा पाँच सय भन्दा बढीको आँखा जाँच र औषधि वितरण गरिएको थियो । यस्तै २ सय ५० जनाको दाँतको उपचार पनि भएको डा. पौडेलले बताए । शिविरमा फिजीयोथेरापी सेवा पनि दिएको थियो । 

सो शिविरमा गम्भीर प्रकारका समस्या देखिएका केही बिरामीलाई तुरुन्त उपचार गर्नुपर्ने भएकाले नेपाल नेशनल हस्पिटलले केहीलाई निःशुल्क र सहुलियतमा उपचार गराउने व्यवस्था गरेको छ । यस्ता खालका क्रियाकलापले सामाजिक दायित्व पूरा गर्नुको साथै उपचार गर्न नसक्ने बिरामीले समेत सेवा पाउने डा. पौडेलले बताए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य निरन्तर गर्ने बताए । 


 

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts