अन्डाको बोक्राले पनि बढाउँछ सौन्दर्य
अन्डा सेवनबाट हुने फाइदा बारे त हामी सबैलाई थाहै छ ।
तर अन्डाको बोक्रा पनि सौन्दर्य बढाउन प्रयोग गर्न सकिन्छ भन्ने कमैलाई थाहा होला ।
अन्डाको बोक्रा प्रयोग गरेर छालामा भएको सफा गर्नुका साथै अनुहारमा प्राकृतिक निखार ल्याउन सकिने विभिन्न अध्ययनले देखाएको छ ।
प्रयोग गर्ने तरिका
—अन्डालाई फुटाएर त्यसको बोक्रालाई घाममा सुकाउने । सुकिसकेको अन्डाको बोक्रालाई मसिनु पारेर पिस्ने र धुलो बनाउने । त्यसपछि सो धूँलोलाई फेस प्याकको रुपमा प्रयोग गर्न सकिन्छ ।
—अन्डाको बोक्राको धुलोमा भिनेगर राखेर अनुहारमा लगाउने र केही समय बिस्तारै मसाज गर्ने । यो उपायले केही दिन मै अनुहारमा भएको दाग हट्नुको साथै अनुहारमा भएका सानातिना घाउँ निको हुन्छ ।
—अन्डाको बोक्राको धुलोेमा कागतीको रस मिसाएर लगाउनाले अनुहारमा भएका दाग हराउँछ । साथै छालामा इन्फेक्सनको खतरा पनि कम हुन्छ । यदि छालामा कुनै प्रकारको इन्फेक्सन छ भने यो पेस्ट निकै लाभकारी हुन सक्छ ।
—छाला मुलायम बनाउन अन्डाको बोक्राको धुलोमा एलोभेरा जेल मिसाएर लगाउने । यसको प्रयोगले छाला मुलायम हुनुका साथै निखार पनि ल्याउँछ ।
—अन्डाको बोक्राको धुलोमा थोरै मात्रामा चिनी पाउडर मिसाउने । त्यसपछि अन्डाको सेतो भागलाई सो धुलोमा राखेर पेस्ट बनाउने र उक्त पेस्ट अनुहारमा लगाउने । सो फेस पैक सातामा एक पटक लगाउनाले अनुहार कोमल र चम्किलो हुन्छ ।
—यदि दाँतमा पहेँलोपन र नियमित ब्रस गर्दा पनि दाँतको पहेँलो जाँदैन भने अन्डाको बोक्रा लाभकारी हुन सक्छ । त्यसका लागि अन्डाको बोक्राको पाउडरले दाँत माझ्नु पर्छ । यो उपायले दाँत प्राकृतिक रुपले नै सफा र चम्किलो बन्छ ।
—अन्डाको धुलोमा दुई चम्चा मह मिसाएर गाढा पेस्ट बनाउने र सो पेस्ट अनुहारमा लगाउने । १५ मिनेटपछि मन तातो पानीले अनुहार धुने यसले छालामा चमक आउन थाल्छ । साथै छाला मुलायम पनि हुन्छ ।
(एजेन्सी)