प्रसुति गृहको टेस्ट्युव बेबी सेवा वर्ष दिनदेखि अवरुद्ध 

What's This?


Download our app to get more features

काठमाण्डौं, ३० वैशाख । गत वर्षको भूकम्पपछि बन्द रहेको परोपकार प्रसूति गृहको ‘टेस्ट्युव बेबी’ सेवा अझै सञ्चालनमा आउन सकेको छैन । 

सरकारी स्तरमा पहिलो पटक प्रसूति गृहले आइभिएफ प्रविधिबाट यो सेवा सञ्चालनमा ल्याएको थियो । भूकम्पका कारण अस्पतालका भवनहरुमा क्षति पुगेका कारण यो सेवा अवरुद्ध भएको हो । 

सेवा सञ्चालनमा नआएकै कारण निः लसन्तान दम्पतिहरु महँगा निजी अस्पतालमा चर्को शुल्क तिरेर टेस्ट्युब बेबीको सुविधा लिन बाध्य छन् ।

भूकम्पका कारण ६२ शय्याको भवनमा क्षति पुग्दा टेस्ट्युब बेबीसम्बन्धी सबै सेवा ठप्प भएको प्रसुति गृहले जनाएको छ ।

२०७१ मा प्रसुति गृहले सेवा सुरु गरेयता २७ दम्पतिले टेस्ट्युब बेबी पाइसकेका छन् । भूकम्पको केही दिअघिसम्म पाँच नि सन्तान महिलाले सेवा लिन शुल्क तिरिसकेका थिए ।

तर, सेवा सञ्चालनमा नआउँदा उनीहरु निराश बनेका छन् । टेस्ट्युब बेबीका लागि प्रसुति गृहले एक जनाबाट १ लाख ६० हजार रुपैयाँसम्म शुल्क लिन्छ ।

 

आजको कारोबार दैनिकका लागि जुनु भट्टराईले लेखेको समाचार छ ।
 

Last modified on 2016-05-12 21:36:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts