केसी अनशनको पाँचौ दिन
केपी ओली हत्यारा भएको केसी पक्षको दाबी
काठमाडौं, २८ पुस । अनशनरत डा. गोविन्द केसी पक्षधरले अबको आन्दोलन एमाले अध्यक्ष केपी शर्मा ओली केन्द्रीत हुने बताएका छन् ।
केसी पक्षधरले बिहीवार माईतीघर मण्डलामा भएको विरोध सभामा उनिहरुले अवको आन्दोलनले ओलीको पदच्युत गर्ने बताएका हुन ।
एमाले माफियाको पार्टी हो आन्दोलनकारीले भनेका छन् । माफियाको नेतृत्व गर्ने ओलीलाई सडकबाटै पदच्युत गरेरै छाड्ने छौं । आन्दोलनकारीले केसीमाथि धै¥यताको सिमा नागेको भन्दै अब कुर्सीबाट हटाईदिने दावी गरे । ओलीले उपचारका लागि बैङ्कक जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संचारकर्मीहरु संग बोल्दै निर्वाचन आयोगलाई कानुनी असहजता भए डा. गोवीन्द केसीलाई सोध्नु भनेर अभिव्यक्ति दिएका थिए ।
डा. केसीका सहयोगी अधिवक्ता ओम प्रकाश अर्यालले एमाले माफियाको पार्टी भएको भन्दै ओलीले नैतिकताका आधारमा राजिनामा दिनु पर्ने बताए । ओली समाजवाद उन्मूख भन्दा पनि माफिया मूखि भएको उनको आरोप छ ।
ओली हत्यारा हो
माईतीघर मण्डलामा करिब दुई घण्टा विरोध जनाएका आन्दोलनकारीले केसी हत्यारा भएको दावी गरेका छन ।
अधिवक्ता अर्यालले केसी विरुद्ध पटक पटक ओलीको अभिव्यक्ति आएको भन्दै ओलीको शासन अन्त्य गरेरै छाड्ने चेतावनी दिए । अबको केसीको आन्दोलन भनेको एमाले अध्यक्ष ओलीका बिरुद्ध हो उनले भने, ‘ओलीको नक्कली राष्ट्रवाद हामीले निरन्तर नियालीरहेका छांैं । यस्तो नक्कली राष्ट्रवाद एक ढाल्छौं दुई ढाल्छौं तीन ढाल्छौं ।’ उनले डा केसीलाई मरेपनि मरोस भन्ने र विरोध गर्ने मान्छेहरु ओलीको संरक्षणमा रहेको आरोप लगाए । २०२८ सालमा भाला रोपेर मान्छेमार्ने केपी ओली हो शर्माले थपे, त्यसको टेप रेकड हामीसंग सुरक्षीत छ ।
यीन ले धेरै जुहारी खेले ओली जस्तो हत्याराको नैतिक चरित्र गुमीसकेको छ ।’ शर्माले सार्वजनीक रुपमै उठाएका विषयमा यथार्थ जवाफ दिन पनि एमाले कार्यकता तथा स्वंय ओलीलाई आग्रह गरेका छन् ।
लोकमान ढाल्यौं अब ओली
केसीका सहयोगी डा. अभिषेकराज सिंहले लोकमानतन्त्रको अत्य गरीसकेकाले अब एमाले अध्यक्ष ओलीको पालो आएको बताए । लोकमानलाई ढाल्ने यही आन्दोलनकारी हुन यसलेनै ओली शासन ढालेर देखाउने छौं सिंहले भने । केपी र उनका सहयात्रीले डा. केसी मरुन भनेका छन् तर, हामी केपी मरुन भन्दैनौं । उनलाई ज्ञानको पाठ सिकाउछौं डा सिंहको थपे । सामान्य रुपमा विरामी भएको अवस्थामा तीन करोड नेपालीले तिरेको करबाट विदेश जानु लज्जाको विषय भएको पनि उनले बताए ।
अनशन बसेका केसीले ३० मिनेट विद्यार्थीलाई पढाए
बिहान ७ः३० बजे डा. केसी र उनका सहयोगीहरु बिच छलफल भएको थियो । अनशनलाई स्थगीत गर्ने वा जारी राख्ने भन्ने विषयमा छलफल भयो । छलफलमा प्रधान न्यायाधीश गोपाल पराजुलीको राजिनामा नआउँदा सम्म अनशन जारी राख्ने निर्णय भएको केसीका सहयोगी डा. अभिषेकराज सिंहले बताए । समकक्षीसंग छलफल पछि केसीले ३० मिनेट विद्यार्थीलाई पढाएका थिए । केसीले एमडिका विद्यार्थीहरुलाई कलेजको एक कोठामा गएर पढाएका थिए । अध्यापन सकाएर केसी आफ्नै अनशन स्थलमा आएर दिनभर आराम गरे । तर, लामो समय अध्यापन गराएका कारण केसी दिनभर बोल्न नसक्ने अवस्थामा पुगेका छन् । सहयोगीहरुका अनुसार केसीको शरीरका मसलहरु दुख्न थालेका छन् । उनी कोहिसंग बोल्न नसक्ने अवस्थामा गुगेका छन्, मुटुको धड्कन बढेकोछ, छाती दुखेको छ प्रेशर लो भएको छ ।
बोल्न नसक्ने भएपछि केसीले साँझ विज्ञप्ती जारी गरे
चार दिनको अनशनले स्वास्थ्य अवस्था कमजोर भएपछि डा गोविन्द केसीले बिहीवार साँझ विज्ञप्ती मार्फत आफ्नो आन्दोलनबारे जानकारी गराएका छन् । त्रिवि शिक्षण अस्तपालमा अनशनरत डा. केसीले आफ्नो माग पूरा नभएसम्म अनशन जारी रहने बताएका छन् । अनशन बसेकै दिन अदालतको अवहेलना मुद्दामा डा. केसीलाई पक्राउ गरेको थियो । केसी बुधवार सर्वोच्च अदालतको आदेश पछि तारेखमा रिहा भएका थिए ।
केसीले विज्ञप्तीमा भनेका छन् मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियान अन्तर्गत म सत्याग्रहमा रहेको कुरा विदितै छ । म माथि सत्याग्रहको क्रममा अदालतको अवहेलना सम्बन्धी मुद्धा लगाएर मलाई गिरफ्तार गरी अदालतमा उपस्थित गराइ बयान गराइएको र मुद्धाको कारवाही शुरु गरिएको पनि विदितै छ । अदालतमा बयान गर्ने क्रममा प्रधान न्यायधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकताका प्रमाणपत्रहरु छानविन गरिनु पर्दछ र छानविन गरियोस् भनी मैले गरेको निवेदनलाई सम्मानित इजलासले सकारात्मक रुपमा लिएको पनि केसीले विज्ञप्तीमा भनेका छन् ।
न्यायिक आदेशको प्रशंसा
केसीले अदालतप्रतिको सम्मान र निष्ठा सधैं उँच्च रहेको बताए । उनले प्रधान न्यायधीश पराजुलीको सम्बन्धमा आफुले उठाएका प्रश्नहरुलाई अदालतले गम्भीरतापूर्वक लिई प्रधान न्यायधीशलाई न्यायिक छानविनको दायरामा राखेको आदेशको प्रशंसा गरेका छन् । न्यायिक छानविन पश्चात सत्य, तथ्य रुपमा निर्णय हुने कुरामा म विश्वस्त छु केसीले भने, ‘निज पराजुलीको आधारभुत योग्यता र नैतिकतामाथि यस्तो गम्भीर प्रश्न उठेको र त्यसमाथिको छानविन न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा निज कुनै पनि अवस्थामा अब देशको सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य छैनन ।’
(आजको नयाँ पत्रिका दैनिकबाट)