मेडिकल हबको रुपमा नेपाललाई विकास गर्न आवश्यक

पुर्व स्वास्थ्य मन्त्रीले भने, बिरामीलाई ५ हजार भत्ता दिनु गलत



Download our app to get more features

काठमाडौं, १६ पुष । देश संघीय संरचनामा जादैं गर्दा नेपाललाई मेडिकल हबका रुपमा विकास गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । 

शनिबार राष्ट्रिय चिकित्सक संघ नेपालले गरेको संघीय नेपालमा स्वास्थ्यको कार्यदिशा बिषयक कार्यक्रममा चिकित्सकहरुले नेपाल मेडिकल हबका रुपमा विकास हुन आवश्यक रहेको बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा.डा. गणेश गुरुङ्ले संघीयतामा स्वास्थ्यलाई प्राथमिकतामा राखेर मेडिकल हबका रुपमा विकास गर्नुपर्ने बताए । गुणस्तरीय स्वास्थ्य शिक्षामा राज्यको जोड हुनुपर्छ तर, नियन्त्रण गर्ने उदेश्य बोक्नु हुदैन उनको भनाई थियो । विदेशको भन्दा नेपालको मेडिकल शिक्षा उच्च गुणस्तरको रहेको सहभागी चिकित्सकहरुले बताएका थिए । 

मेडिकल शिक्षाका लागि ६ अर्व ५० करोड बाहिरीन्छ
‘नेपाली विद्यार्थी मेडिकल शिक्षा लिनकै लागि विदेशिदा प्रति वर्ष ६ अर्व ५० करोड रुपैयाँ बाहिरीने गरेको छ,’ गुरुङ्ले भने, ‘यसलाई रोक्न आवश्यक छ । अन्यथा गुणस्तरहीन बिद्यार्थीले नेपालमा प्रवेश पाउने छन् ।’ झण्डै ७ अर्व रुपैयाँ बाहिरीने रकम रोकेर त्यसलाई नेपालकै मेडिकल शिक्षामा लागानी गरे गरिब र विपन्न बर्गले निःशुल्क अध्ययन गर्न पाउने छन् डा. गुरुङले स्पष्ट पारे । 

प्रो.डा. शशि शर्माले मेडिकल शिक्षा र स्वास्थ्य एक अर्काका परिपुरक भएको बताए । ‘हामी संघीयतामा गएका छौं’ उनले भने, ‘सोही अनुसार स्वास्थ्यको सेवा सुविधा पनि केन्द्रमा भन्दा गाउँमा बढी गएको छ । सेवा संगै चुनौती पनि बढी भएकाले चिकित्सकहरुको सुरक्षाको बिषयलाई रान्यले गंभिरताका साथ लिनु पर्छ ।’ चिकित्सकमाथि दिनहुँ जसो आक्रमणका घटना भइरहेका छन् यसलाई न्युनिकरण गर्न राज्यले सहयोग नगर्ने हो, भने स्थानीय तहमा सेवा दिन कठिन हुनेछ डा. शर्माले भने । चिकित्सकहरुले विश्वविद्यालयको सेवालाई संघिय संरचना अनुसार थप बिकास र विस्तार गर्दै लैजान सरकारलाई सुझाव दिएका छन् । 

५ हजार भत्ता दिनु गलत 
पुर्व स्वास्थ्य मन्त्री तथा एमाले नेता खगराज अधिकारीले सरकारले गत विहीबार मृगौला, क्यान्सर र इपाईनल इन्जुरीका बिरामीलाई आजीवन ५ हजार भत्ता दिने भनि गरेको निर्णयको खुलेर विरोध गरेका छन् । सार्वजनिक कार्यक्रममा निकै कडा रुपमा प्रस्तुत भएका अधिकारीले पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा र वर्तमान स्वास्थ्य मन्त्री दिपक बोहोराको विरोध गरे । अधिकारीले भने म पछिका दुई झिल्के मन्त्रीले आर्थिक चलखेलमा लागेर स्वास्थ्य क्षेत्रलाई धरासायी बनाए यसले मलाई गंभिर बनाएको छ । उनले राज्यको ढुकुटी जोक्करै जोक्कर मन्त्रीले रित्याएको आरोप समेत लगाए ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2017-12-31 10:22:03

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts