हड्डी दह्रो बनाउन यसो गरौं
- हाडजोर्नीलाई चलायमान बनाइराख्नुपर्छ
- जति चलायमान भयो, त्यति मान्छे र हड्डी बलियो हुन्छ
- जति सुस्त भयो, त्यति समस्या बढ्दै जान्छ
- धुम्रपान, मद्यपान नगर्ने
- बाथ रोग भएकाले चिसोमा जोगिनुपर्छ
- तातो पदार्थ खानुपर्छ र शरीरलाई तातोपना दिलाउनुपर्छ
- रक्सी र हाई प्रोटिनयुक्त खाना खानुहुँदैन
- युरिक एसिड छ भने रातो मासु खानुहुँदैन
- जोर्नी वा मांसपेशी दुख्नेले नियमित शारीरिक अभ्यास गर्नुपर्छ
- सधैँ शरीरलाई चलायमान गराउनुपर्छ
- ढाडको पनि नियमित व्यायाम गर्नुपर्छ
- मोटोपना बढाउन हुँदैन
- खाना प्रोटिनयुक्त खानुपर्छ, तर कार्बोहाइड्ेरट र बोसोयुक्त खाना खानुहुँदैन
Last modified on 2018-09-21 13:10:13