दुइ दशकमा महिलाको प्रजनन दर दोब्बरले घट्यो

एक महिलाले ३ बच्चा जन्माउन थाले



Download our app to get more features

काठमाडौं, १३ पौष । एउटा विवाहित महिलाले बच्चा जन्माउने दर दुई दशकमा दोब्बरले घटेको छ ।

नेपालमा पछिल्लो दुई दशकमा एउटा विवाहित महिलाले औषतमा ३ वटा बच्चा जन्माउने गरेका छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले दुई दशकमा प्रजनन दर दब्बरले घटेको देखाएको छ । सर्वेक्षण अनुसार हाल नेपालमा एउटा विवाहित महिलाको औषत प्रजनन दर २.३ रहेको छ । सन् १९९६ मा एउटा महिलाको औषत प्रजनन् दर ४.६ अर्थात एक बिवाहित महिलाले औषतमा ५ जना बच्चा जन्माउथीन । हाल उक्त दर दोब्बरले घटेको छ ।  न्यु एराका संयोजक योगेन्द्र प्रसाइका अनुसार पाँच जनाबाट मोटामोटी २ जनामा आएको छ । प्रसाइका अनुसार १९९६ यता निरन्तर प्रजनन दर घटिरहेको छ । 

बसोबास गर्ने ठाउँ र प्रदेश अनुसार प्रजनन दरमा भिन्नता देखिएको छ प्रासाईले भने । ग्रामिण क्षेत्रमा बसोबास गर्ने एक महिलाले औषतमा २.९ अर्थात ३ जना बच्चा जन्माउँछन भने शहरी क्षेत्रमा बसोबास गर्ने एक महिलाले २.० अर्थात २ जना मात्रै बच्चा जन्माउँछन् । 

प्रदेश ३ मा सबैभन्दा कम प्रजनन दर 
तथ्याङकमा उल्लेख गरे अनुसार प्रदेश नम्बर ३ मा सबै भन्दा कम प्रजनन् दर रहेको छ । तीन नम्बर प्रदेशका विवाहित महिलाहरुले औषतमा २ वटा बच्चा जन्माउने गरेका छन् । उनिहरुको औषत प्रजनन दर १.८ रहेको छ । ३ नम्बर प्रदेशमा बसोबास गर्ने महिलाहरु अन्य प्रदेशको तुलनामा परिवार नियोजनका बारेमा बढी जानकार रहेका कारणले पनि यहाको प्रजनन दर अन्यको भन्दा कम रहेको चिकित्सकहरु बताउछन् । सहरी क्षेत्रमा पनि ३ नम्बर प्रदेशका महिलाका कति बच्चा जन्माउने र राम्रो शिक्षा दिने भन्ने पुर्ण ज्ञान रहेको पाइएको छ । सबै भन्दा बढी २ नम्बर प्रदेशका महिलाले बच्चा जन्माउने गरेका छन् । अहिले पनि २ नम्बर प्रदेशका महिलाको औषति प्रजनन दर प्रति महिला ३ रहेको छ ।  

शैक्षिक र आर्थिक स्तरमा फरक 
महिलाको प्रजनन दर शैक्षिक र आर्थिक स्तर अनुसार फरक रहेको छ । कुनै शिक्षा हासिल नगरेका महिलाहरु ३.३ प्रतिशत ले एस.एल.सी. वा सो भन्दा बढी शिक्षा हासिल गरेका महिलहरु  भन्दा १.५ बच्चा बढी जन्माउँछन् । घर परिवारको आर्थिक स्तर बृद्धि हुदै जाँदा प्रजनन दर पनि घट्दै गएको छ । सबै भन्दा गरिब घरपरिवारमा बसोबास गर्ने एक महिलले औषतमा ३.२ बच्चा जन्माउँछन् । त्यस्तै सम्पन्न परिवारमा बसोबास गर्ने महिलाले औषतमा १.६ बच्चा जन्माउँने गरेको सर्वेक्षणले देखाएको छ । 

हाल सम्म प्रति महिला जन्मेका बच्चाको दर

सन् १९९६        बि.स २००१     बि.स.२००६   बि.स २०११   बि.स. २०१६ 
                     
जन्म दर  ४.६      ४.१            ३.१             २.६           २.३ 
             
    
प्रदेश अनुसार कुल प्रजनन दर 

प्रदेश १    प्रदेश २   प्रदेश ३    प्रदेश ४   प्रदेश ५   प्रदेश ६  प्रदेश ७ 
२.३        ३.०      १.८         २.०      २.४       २.८     २.२ 
(आजको नयाँपत्रिका दैनिकबाट)


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts