शुक्रराज अस्पतालमै छैन आइसोलेसन वार्ड
काठमाडौं, १२ पौष । सरुवा रोग हेर्ने मुलुककै एक मात्र केन्द्रीयस्तरको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा अत्यन्त संक्रमण भएका बिरामीहरुलाई छुट्टै राखेर उपचार गर्ने आइसोलेसन वार्डको अभाव रहेको छ ।
६ बर्ष अगाडी अस्पतालमा आइसोलेसन वार्ड बनाउने चर्चाहरु चलेपनि हाल सम्म सरकारले संचालनमा ल्याउन सकेको छैन । बिश्वमा देखिएको इबोला संक्रमण संगै अस्पतालमा आइसोलेसन वार्ड बनाउने कुरा भएको थियो अस्पतालका डा. शेरबहादुर पुनले भने तर, अहिले सम्म बन्न सकेन ।
नेपालीहरु हरेक मुलुकमा पुगेका कारण नेपालमा पनि त्यस्तो जोखिम आउने सम्भावना जीवित रहेको छ ।
बर्षौ देखि अस्पतालमा आइसोलेसन वार्डको अभाव खड्कीए पनि कुनै स्वास्थ्य मन्त्रीले चासो नदिएको स्वास्थ्यकर्मीहरुको गु्नासो छ ।
(आजको कान्तिपुर दैनिकबाट)