विश्व शाकाहारी दिवस

मांसाहारीभन्दा शाकाहारी जीवन किन राम्रो ? डा.ओममुर्ति अनिल यसो भन्छन्

What's This?


Download our app to get more features

स्वस्थ जीवनको लागि मांसाहारीभन्दा शाकाहारी हुनु राम्रो मानिन्छ । यो कुरा विभिन्न अनुसन्धानले पनि सावित गरिसकेको छ । मासुको सेवनले मोटोपनाको समस्या, मधुमेह, उच्च रक्तचाप र मुटुरोगको समस्या हुने गर्छ । यसले उच्च कोलस्टोरोल, क्यान्सरको जोखिम बढाउनुको साथसाथै मुटुको समस्याका कारण मृत्यु उच्च हुने जोखिम रहन्छ । 

शाकाहारी भोजनमा कार्बोहाइड्रेडको कम हुने गर्छ । यसमा शरीरलाई चाहिने प्रोटिन र न्युट्रोन बढी हुने गर्छ जुन स्वस्थ शरीरको लागि आवश्यक रहन्छ । मासुमा बोसोको मात्रा बढी हुन्छ जसले शरीरलाई हानी गर्छ । 

मांसाहारी हुनु एउटा मात्रै फाइदा यसबाट भिटामिन बी १२ प्राप्त गर्नु हो । जुन आधाजति शाकाहारी मानिसमा यसको कमी हुन्छ । 
कुपोषण गर्ने प्रमुख कारण मध्ये मासु एक हो । हामीले स्वास्थ्यभन्दा स्वादमा ध्यान दिन्छौ जुन बिलकुल गलत कुरा हो । 

स्वाद र स्वास्थ्यलाई सन्तुलनमा लिएर जानु उपयुक्त हुन्छ । सकेसम्म शाकाहारी जीवन नै सबैभन्दा उत्तम हो तर मासु खानै परेमा निम्न कुरामा ध्यान दिनसकिन्छ । 

मासुमा कुन पदार्थ हुन्छ र यसले शरीरलाई के फाइदा गर्छ जान्न जरुरी छ । मासु खाँदा कति मात्रा खाने भन्ने कुरा प्रमुख हो ।

हप्तामा एकचोटी मात्रै मासु खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । एकचोटीभन्दा बढी खानेले ध्यान दिनुपर्छ । 

मासुमा कतिको बोसोको मात्रा छ हेर्नुपर्छ र यो खाँदा पेटमा हानी गर्छ । 

पकाउने बेला राम्रो सँग पकाउनुपर्छ । 

पकाउँदा तेल ठीक मात्रामा मात्रै हाल्नुपर्छ । 

मासुसँगसँगै फाइबर अर्थात रेसादार खाद्यपदार्थ खानुपर्छ । 

सकेसम्म घरमै मासु खाने गर्नुपर्छ, बाहिर रेष्टुरेन्टमा खाँदा जथाभावी तेलमा पकाइराखेको हुनसक्छ । 

रेड मिट अर्थात खसी र राँगाको मासुमा बोसोको अत्याधिक हुने गर्छ । 

कुखुराको मासुलाई व्हाइट मिटका लिइन्छ र यसले कोलस्टोरोल बढाउँदैन भन्ने भ्रम पाइन्छ । जुन बिलकुलै गलत हो यसमा फ्याटको मात्रा धेरै हुन्छ । 

अण्डाको पहेँलो भागमा कोलस्टोरोलको मात्रा धेरै हुन्छ । सामान्य व्यक्तिले हप्तामा दुईवटाभन्दा बढी अण्डाको प्रयोग गर्नु राम्रो होइन । 

डि फ्रिजमा राखेको माछा खानु राम्रो होइन । विभिन्न रेष्टुरेन्टमा डि फ्रिजमा राखेको मम र ससेजमा प्रिजरभेटिभ राखिएको हुन्छ जुन स्वास्थ्यको लागि धेरै हानीकारक हो । 

महान् बैज्ञानिक प्लुटोले भनेका छन्, 'गो ब्याक टु नेचर' अर्थात प्रकृतिमा फर्क । प्राकृतिक रुपले पाइने खाद्यान्न नै स्वस्थ जीवनको लागि राम्रो मानिन्छ । हात्ती निकै बलशाली हुन्छ र जसले पूर्णरुपमा शाकाहारी जीवन बिताउँछ ।

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममुर्ति अनिलको फेसबुकबाट) 

Last modified on 2018-10-01 16:24:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts