किष्ट मेडिकल कलेजमा कर्मचारी आन्दोलित, इमर्जेन्सी बाहेक सबै सेवा ठप्प

What's This?


Download our app to get more features

काठमाडौं,७ पुष । किष्ट मेडिकल कलेजमा कर्मचारीहरुले विभिन्न मागहरु राखी अस्पतालका इमर्जेन्सी बाहेकका सबै सेवाहरु ठप्प पारेका छन् । अस्पतालका कर्मचारीहरुले विभिन्न १५ सुत्रीय माग राखी आन्दोलन गरिरहेका छन् । अस्पताल प्रशासनले आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै ८ दिनदेखि इमर्जेन्सी बाहेकका सबै सेवाहरु बन्द गरी कर्मचारीहरु धर्ना बसिरहेका छन् । 

अस्पतालमा कार्यरत करिब पाँचसय कर्मचारीहरुले काम ठप्प गरी अस्पतालको प्राङगणमा धर्ना बसिरहेका छन् । गत असार २० गते अस्पताल प्रशासनलाई कर्मचारीहरुको मागका बारेमा विज्ञप्ती मार्फत जानकारी गराएको तर पटकपटक वार्ता गर्दा पनि अस्पतालले मागप्रति बेवास्ता गरेको वार्ता कमिटीका सदस्य सानुभाई न्यौपानेले बताए ।

महिनौदिनसम्म कुर्दा पनि प्रशासनले माग सम्बोधन गर्ने नदेखिएपछि कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् । पुष २ गतेदेखि कर्मचारीहरुले इमर्जेन्सी बाहेकका ओपिडी र प्रशासनिक कामहरु बन्द गरेका छन् । आन्दोलनरत कर्मचारी सानुभाईले भने हामीले विभिन्न १५ सुत्रीय माग राख्दा अस्पताल प्रशासनले हाजिर गर्न बन्द गरिदिए, त्यसैले अस्पतालमा कार्यरत करिब पाँचसय कर्मचारीले हाजिर गरेको छैन् । 

श्रम कार्यालय र अस्पताल प्रशासनसँगको पटकपटकको वार्तामा पनि निष्कर्ष ननिस्केपछि सम्पूर्ण कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।   

तलब बृद्धि, कल्याणकारी कोष, कर्मचारीलाई गाडी भाडा, बिभिन्न बिदाहरु ब्यवस्था, जोखिम भत्ता लगायतका १५ सुत्रीय माग राखी कर्मचारीहरु आन्दोलित छन् ।

Last modified on 2017-12-23 10:42:45

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts