कलाकार केसीको नौ घण्टा लामो अप्रेशन

What's This?


Download our app to get more features

काठमाण्डौ, २८ बैशाख । जिरे खुर्सानी, मेरी बास्सै लगायत विभिन्न टेलिचलचित्रमा अभिनय गरेर चर्चा कमाएका कलाकार विनोद केसीको नौ घण्टा लामो शल्यक्रिया सफल भएको छ । 
मधुमेहका बिरामी समेत रहेका केसीलाई वाथरुममा लडेर घाइते भएपछि धापासी स्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उनको घाँटी र छातीको जोर्नीमा गम्भीर फ्याक्चर भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन विनोद विजुक्छेले नौ घण्टा लगाएर केसीको अप्रेशन गरेको बताएका छन् । शल्यक्रिया सफल भएपछि अहिले केसीको स्वास्थ्य अवस्था सामान्यउन्मुख छ । 

Last modified on 2016-05-10 20:20:13

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts