यी हुन् बाथ रोग नियन्त्रणका घरेलु उपाय
बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग हो ।
बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले फरक फरक लक्षण देखाउँछन । तर, सबैजसो बाथ रोगमा समान लक्षण भनेको जोर्नी दुख्नु र सुनिनु हो ।
बाथ रोग सय भन्दा बढी प्रकारका भएपनि गठिया बाथ अथवा प्यालोटोइड आर्थराइटिस सबैभन्दा धेरै देखिने बाथहो । गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्र्नीलाई असर गर्छ । यसले २० देखि ५० वर्षका महिलालााई ज्यादा असर गर्ने गर्छ । तर बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ ।
लक्षणहरू
—बाथ रोग लागेपछि नली खुट्टा,घुँडा,र्जोनीहरू दुख्छन ।
—शरीरको कुनै एउटा भागमा सहनै नसक्ने पीडा हुन्छ ।
—माछा मासु पेयपदार्थ खाँदा बढी पीडा हुन्छ ।
—विस्तारै विस्तारै शरीरको अन्य भागमा पनि फैलन्छ ।
— रोगजति पुरानो भयो त्यति पीडा हुन्छ ।
—अरु रोगसँग लड्ने क्षमता कम हुन्छ ।
रोकथामका उपायहरू
— बेसार र मेथीको सुठो १००/१०० ग्राम लिने । त्यसमा असुरगन्धा मिसाएर चिया चम्चाले एक चम्चा बेलुका सुत्ने बेलामा
नियमित खाने ।
—खाली पेटमा पानीसँग तीन पोटी लसुन खाने । जसले कोलेस्ट्रोल कम हुन्छ र बाथ रोगमा राहत मिल्छ ।
—घाममा बस्ने ।
—नुन र टिम्मुर पानी उमालेर हातगोडाधुने ।
—नियमित व्यायम गर्ने ।
—गोकुल भएका औषधिको प्रयोग गर्नाले बाथ कम हुन्छ ।