बिरामी ठग्ने अस्पताल बिरुद्ध मुद्दा



Download our app to get more features

काठमाडौं, ५ पौष । बिभिन्न सेवाका  नाममा राजधानीका ठुला अस्पतालले बिरामी संग चर्को मुल्य अशुलेको फेला परेपछि सरकारले त्यस्ता अस्पताल विरुद्ध मुद्धा चलाउने भएको छ ।

अस्पतालमा भएको अनुगमन र बयानको क्रममा बिरामीबाट चर्को मूल्य असुलेको पुष्टि भएपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मुद्दाको तयारी गरेको हो । आजको कान्तिपुरमा खबर छ । 
विभागले केही दिनअघि ग्वार्कोमा रहेको बी एन्ड बी अस्पताल, धापासीको ग्रान्डी इन्टरनेसनल, बाँसबारीमा रहेको नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड इलाइड साइन्सेज, बल्खुस्थित बयोधा हस्पिटलमा र करिब एक महिनाअघि थापाथलीमा रहेको नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज प्रालिमा अनुगमन गरेको थियो ।

विभागले हाल ती अस्पतालविरुद्ध मुद्दा चलाउने तयारी गरेको हो । विभागका महानिर्देशक कुमार दाहालका अनुसार मुद्दा प्रक्रियाका लागि सरकारी वकिलको राय लिने क्रम सुरु भएको छ । ‘प्रारमिभक अध्ययन, अनुगमन र बयानको क्रममा बिरामीबाट चर्को मूल्य असुलेको पाइएको छ । उपभोक्ता ठगी गर्नेलाई छुट हुँदैन,’ उनले भने, ‘कानुनी कारबाहीको दायरामा ल्याउन मुद्दा चलाउने तयारी गरेका छौं ।’ मुद्दा चलाउने सम्बन्धमा सोमबार र मंगलबार सरकारी वकिलसँग छलफल भएको विभागले जनाएको छ ।

Last modified on 2017-12-20 11:51:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts