तौल घटाउने पाँच प्रकारका जुस 



Download our app to get more features

तौल घटाउन धेरै लगनशिलता र धैर्यता आवश्यक पर्छ । तर लगनशिलता र धैर्यताले मात्रै भने तौल घट्दैन । यसका लागि खानपान र व्यायममा विशेष ध्यान दिनै पर्छ । लगनशिलता र धैर्यताका साथसाथै निम्न पाँच प्रकारका ताजा जुस समावेश गर्ने हो भने तौल घटाउन निकै सहयोग पुग्छ । यी जुसले शरीरमा अवश्यक पर्ने पौष्टिक तत्व प्रदान गर्नुको साथै अनावश्यक बोसोलाई काट्ने गर्छन । ताजा जुसले हाम्रो शरीरमा आवश्यक भिटामिन, मिनिरल, एन्टीअक्सिडेन्ट र फाइबर प्रचुर मात्रामा प्रदान गर्छन ।

गाँजरको जुस
गाँजर तौल घटाउने एक अचुक फल हो । यसमा भएको उच्च फाइबरले स्वास्थ्यलाई निकै फाइदा पु¥याउँछ । साथै हरेक बिहान एक कप गाँजरको जुस सेवन गर्ने हो भने खाजा बराबरको शक्ति पनि दिन्छ । साधै गाँजरमा भएको फाइबरले शरीरको बोसो काट्न महत्वपूर्ण सहयोग गर्छ । यो जुसमा आधा दाना स्याउ, सुन्तला र अदुवाको केही थोपा रस पनि मिसाउन सकिन्छ ।  

सुन्तलाको जुस
सुन्तलाको जुस शरीरमा क्यालोरी प्रतिस्थापनको रुपमा पनि प्रयोग गरिन्छ । शरीरमा शक्तिबर्धक तत्वको रुपमा काम गर्ने यस जुसले बोसो घटाउन ठूलो मद्दत गर्छ । शरीरलाई शक्ति प्रदान गर्ने र तौल पनि घटाउने यो बहुउपयोगी जुस हो । 

सलगमको जुस
तौल घटाउने अर्को महत्वूर्ण फल सलगम पनि हो । यसमा भएको पौष्टिक पदार्थले शरीरको बोसो काट्न सहयोग गर्छ । सलगमको जुसमा केही थोपा कागतीको रस, एक चिम्टी नुन र जिराको धूलो मिसाए अझै फलदायी हुन्छ । 

तरबुजाको जुस
तौल घटाउने सोचमा भएका व्यक्तिले नियमित व्यायम र कसरत गर्नै पर्ने हुन्छ । यस्तो बेला शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । शरीरलाई आवश्यक पानी फलमार्फत तरबुजाले दिनसक्छ । शरीरमा पानीको मात्रा पुरा गर्ने र अनावश्यक बोसो पनि काटन्े हुँदा तरबुजाको जुस तौल घटाउन प्रभावकारी हुन्छ । 

अमलाको जुस


अमलाको जुस सेवनबाट दिन सुरुवात गर्नु सबैका लागि उपयुक्त हुन्छ । यसले शरीरको पाचन क्रिया दिनभर ससंक्त बनाउनुको साथै दिनभर शरीरको बोसो काटिरहन्छ । अमलाको जुसमा एक थोपा मह मिसाएर सेवन गरे अझै प्रभावकारी हुनेछ । 
 

Last modified on 2017-12-20 10:20:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts