नरिवलको तेलले बनाउँछ अनुहारलाई सुन्दर र कोमल



Download our app to get more features

चिसोयाममा छाला सम्बन्धी अनेक समस्या देखिन्छन् ।

यो मौसममा चल्ने चिसो हावाका कारण छाला सुक्खा हुने, ओठ फुट्ने जस्ता समस्या देखिन्छन् । जाडोमा छालालाई स्वस्थ र कोमल बनाउन नरिवलको तेल निकै नै लाभकारी हुनसक्छ । यस्ता छन नरिवलको तेलका फाइदा :

लिप बाम
जाडो मौसममा राती सुत्नु अघि ओठमा नरिवलको तेल लगाउँदा ओठ कोमल हुन्छ । 
मेकअप रिमूभर
मेकअप नहटाइ बस्ने हो भने छालामा समस्या हुन सक्छ । नरिवलको तेल एक यस्तो तत्व हो जसको प्रयोगले मेकअप सजिलै हटाउन सकिन्छ । यसले मेकअप रिमूभरको काम गर्छ । नरिवलको तेलले मेकअप सफा गर्दा छालाबाट केमिकल पूर्ण रुपले निस्कने र छालालाई मोइस्चराइज पनि गर्छ । 
ग्लो
जाडो मौसममा सुक्खा छालाका कारण घरबाट बाहिर निस्कनबाट डराउनु हुन्छ भने नरिवलको तेल फाइदाजनक हुन्छ । किनकी नरिवलको तेलले सुक्खा छालालाई चम्किलो बनाउनमा मद्दत गर्छ । अनुहारमा ग्लो ल्याउन नरिवलको तेलमा फेस पाउडर मिसाएर लगाउन सकिन्छ । 
कालो दागमा राहत 
नरिवलको तेलमा कागतीको रस मिसाएर नियमित लगाउँदा छाला सफा र बेदाग हुनुका साथै चम्किलो हुन्छ । नरिवलको तेल र कागतीको रसको मिश्रणलाई कुहिनो र घुँडामा पनि लगाउन सकिन्छ । 
कन्डिशनर
नरिवलको तेल छालाको साथ साथै कपालको लागि पनि फाइदाजनक हुन्छ । कपाललाई मुलायम र चम्किलो बनाउन यसलाई मन तातो पारेर मसाज गर्ने र त्यसपछि कपाललाई प्लास्टिक ब्याग वा तौलियाले छोपेर राख्ने । केही समयपछि कपाललाई स्याम्पुले धुने ।

मोइस्चराइजर
जाडो मौसममा छालालाई कोमल र मुलायम राख्न नुहाइसकेपछि नियमित रुपले बडी मोइस्चराइजरको साटो नरिवलको तेलले मसाज गर्नुपर्छ । नरिवलको तेलमा एसपीएफ पाइने हुँदा यसले घामबाट डढनबाट जोगाउँछ । 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-12-18 11:38:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts