सेक्सका लागि बेस्ट मानिन्छ डिसेम्बर महिना !
सेक्स मानिसका लागि नभइ नहुने एक प्राकृतिक कुरा हो । दुई आत्माबिचको मिलनको रुपमा लिइने सेक्सले मानिसको स्वास्थ्यसँग सम्बन्धीत अनेक समस्यालाई समाधान गर्नमा कारकार हुन्छ । सेक्सलाई जबरजस्ती भन्दा पनि दुई जनाको सहमतिमा गर्नु र इन्जोय गरेर गर्नुपर्छ । यस अवस्थामा कुन महिना सेक्सका लागि राम्रो र बेस्ट हुन्छ भनेर जान्नु पनि तपाईंका लागि कारगर हुन सक्छ । आज हामी तपाईँलाई सेक्सका लागि कुन महिना र किन बेस्ट हुन्छ भनेर बताउँदैछौँ ।
डिसेम्बर महिनाको विशेष कुरा यो छ की यो महिना निकै नै रोमान्टिक महिना हो । डिसेम्बर महिनामा चिसो बढेर जान्छ र यो महिना फेस्टिभल सिजन पनि हो जसले गर्दा महिना अझ राम्रो हुन जान्छ । यो महिनाको हावामा प्रेमको हावा चलेको अनुभव हुन्छ भने प्रेमको मौसमले पनि आफ्नो रंग फैलाउन थाल्छ । आखिर किन रोमान्सका लागि यो महिना खास खास छ त ? जानौँ केही रमाइलो तथ्य ः
उत्सवको महिना हो डिसेम्बर
क्रिस्चियन धर्माबलम्बीहरुको महान पर्व क्रिसमस पछि अंग्रेजी नयाँ वर्षको स्वागत गर्ने तयारी सुरु हुन्छ । डिसेम्बर महिना पर्व र उत्सवको महिना हो, यस अवस्थामा तपाईं आफ्नो पार्टनर सँग खुसि रहनु हुन्छ भने तपाईंको स्पर्श उनका लागि झन् बढि महत्वपूर्ण हुन्छ । डिसेम्बरमा चिसो अझ बढ्ने र यस अवस्थामा तपाईंको पार्टनरको स्पर्शले यो मौसमलाई झन् सुन्दर बनाउँछ ।
अंग्रेजी वर्षलाई विदा गर्ने समय
डिसेम्बर महिना अंग्रेजी वर्षको अन्तिम महिना भएकाले वर्षलाई विदा गर्ने र नयाँ वर्षको स्वागत गर्ने महिनाको रुपमा रहेको छ । त्यसैले वर्षको अन्तिममा केही रमाइला पल विताउनु झन् बढि यादगार बनाउन सकिन्छ ।
छुट्टिको समय सेक्सको मजा
डिसेम्बरको अन्तिम साता तिर नयाँ वर्ष मनाउनका लागि मानिसहरु बाहिर टुरमा जाने गर्छन् । यस अवस्थामा आफ्नो पार्टनरको उपस्थितिले तपाईंको मुडलाई रामोन्टिक बनाउँछ । नेदरल्याण्डको युनिर्भसिटि अफ ग्रोनिगेंनका अनुसार यस अवस्थामा तपाईंले आफ्नो सम्पूर्ण कामको दवावलाई छोडेर रिल्याक्स भएर पार्टनरसँग बढि भन्दा बढि रोमान्टिक समय विताउन सक्नु हुन्छ । त्यति मात्र नभई चिसो मौसममा तपाईंलाई आफ्नो पार्टनरको साथले इम्युन सिस्टम बढाउनमा मद्दत गर्छ ।
केक र चकलेटले बनाउँछ मुड
डिसेम्बरको पर्वको महिना पनि हो । त्यसकारण क्रिसमस र न्यू इयर सेलिब्रेसनका लागि केक र चकलेट सबैभन्दा पहिले खाने र काट्ने गरिन्छ । चकलेटको मिठास, चिसो र रोमान्टिक महिनामा सेक्सको लागि मूड बनाउनमा राम्रो मानिन्छ । द क्विन युनिर्भसिटी अफ बेलफास्टले गरेको अध्ययन अनुसार चिसो मौसममा सेक्स गर्नाले अनुहारमा चमक आउने, महिलामा ओर्गज्म बढ्ने बताएको छ ।