उडानमा तङ (टाइट भएर नबस्ने) भएर बस्नाले ज्यान पनि जान सक्ने



Download our app to get more features

रेक व्यक्ति यात्राको क्रममा पिसाब लाग्ने हुदा पानी कम पिउने गर्छन् । यदि लामो यात्रा तथा उडानमा हुनुहुन्छ भने प्रशस्त पानी पिउनु पर्छ । यसले शरीरको सञ्चालन कायम राख्छ । जसले गर्दा तपाईलाई रगत जम्ने समस्याबाट बचाउँछ । 

रगत जम्ने समस्या लामो लामो दुरीको यात्रा, हवाई यात्रा, एक उडान ८ घण्टा बढी हुने बीच एकदम साधारण छ । यसलाई इकोनोमी क्लास सिन्डोम पनि भनिन्छ । हुन त यो रोग विजनेस क्लासलाई पनि लाग्न सक्छ । इकोनोमी क्लासमा सवारी तङ भएर बस्छन् र खुट्टालाई आराम दिन पाउदैनन् ।

पानी कम पिउँदा रगतमा हुने अवरोधले जम्ने समस्या हुन्छ । अझ यो जमेको रगत टुटेर फोक्सोतिर गएमा ज्यान समेत जान सक्छ । यस्तो समस्या लिएर जचाउनका लागि महिनामा १० देखि १५ जनासम्म बिरामी आउने गरेका छन्

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो । त्यसकारण यात्रामा प्रसस्त मात्रामा पानी पिउनुको साथै समय समयमा हिडडुल गर्ने तथा यात्राको क्रममा मदिरा र कफिको सेवन कम गर्नुपर्छ । जसले रगत जम्ने समस्या हुने सम्भावनालाई कम गर्छ ।  

 
रगत जम्ने समस्याका लक्षण


-खुट्टा दुख्ने ।

-खुट्टा सुन्निने ।

-खुट्टा तातो हुने ।

-खुट्टा रातो हुने । 

-श्वास लिन गाह्रो हुने ।

-छाती दुख्ने ।

-बेहोस हुने ।


रगत जम्ने समस्या हुने अन्य कारणहरु

-रक्त विकार ।

-लामो समयसम्मको आराम ।

-चोटपटक तथा शल्यक्रिया पछि ।

-अधिक तौल भएमा ।

-चुरोट सेवन ।

-क्यान्सर ।

-पेट सम्बन्धी रोगहरु लागेमा ।

-मुटु फेलियर भएमा ।


रोकथाम

-दैनिक व्यायाम ।

-धुम्रपान सेवन नगर्ने ।

-पानी अधिक मात्रामा पिउने ।

-तौललाई नियन्त्रणमा राख्ने ।

उपचार
 

-औषधि उपचार (रगत पातलो गर्ने) ।

-जमेको रगतलाई फोड्ने र निकाल्ने ।

-फोक्सोमा जान सक्ने सम्भावनालाई रोक्ने, जाली हालेर ।

 

(डा. पाण्डे नर्भिक अस्पतालमा कार्यरत छन् ।)

Last modified on 2016-05-09 21:44:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts