उपत्यकामा भाइरल ज्वरोका बिरामी बढे 

हङ्कङ फ्लु पनि देखियो 



Download our app to get more features

काठमाण्डौं, २२ मंसिर । उपत्यकामा भाइरल ज्वरोका बिरामीको संख्यामा बृद्धि भएको छ । तिहार यता उपत्यकामा भारइल ज्वरोका बिरामीको संख्यामा बृद्धि भएको हो । 

उपचारका लागि अस्पतालमा आउने बिरामीहरुमा ज्वरो आउने, खोकि लाग्ने, जिउँ दुख्ने जस्ता समस्या देखिएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोग बिशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।  
टेकु अस्पतालमा पछिल्लो समय दैनिक रुघाखोकि र ज्वरोका मात्रै कम्तिमा ५० जना बिरामी ओपिडिमा आउने गरेको छन् । ओपिडिमा आउने बिरामी मध्ये ८० प्रतिशतमा भाइरल ज्वरोको समस्या भएको डा. पुनको भनाइ छ । 

उपत्यकामा तीन प्रकारको भाइरस 
पुनले तिहार यता भाइरल ज्वरोको समस्या लिएर धेरै बिरामीहरु अस्पताल आएको बताए । डा. पुनले भने, ‘उपत्यकामा तीन प्रकारको भाइरसका बिरामी देखिएका छन् । इन्फ्लुएन्जा बी, इन्फ्लुएन्जा एच वान एन वान, इन्फ्लुएन्जा एच थ्री एन टु भन्ने हङ्कङ फ्लु देखिएको छ । यी तिनै प्रकारका भाइरसहरु तिहार यता कुनै न कुनै रुपमा सक्रिय बनिरहेका छन् ।’

 उनले मुगुको समस्या र काठमाण्डौं उपचार गर्न आउने बिरामीको समस्या उस्तै देखिएको भन्दै सम्बन्धित निकाय सचेत बन्नु पर्ने स्पष्ट पारे ।  

यस कारण बिरामी बढे 
यो मौसम परिवर्तनको समय हो । मौसममा आउने फेरबदलका कारण स्वास्थ्यमा बिभिन्न प्रकारको समस्या देखिने गरेको छ, त्यसकै उपजका रुपमा भाइरल ज्वरोलाई लिएका छौं डा. पुनले भने । जाडो मौसमको सुरुवात र अन्त्य तिर ज्वरो आउने, खोकि लाग्ने, जिउँ दुख्ने, झाडापखाला लाग्ने जस्ता समस्या देखिने गर्छ । चिकित्सकहरुका अनुसार यो समयमा श्वासप्रश्वासको समस्या भएका, दिर्घ रोगी, सुगर, प्रेसर अंग प्रत्यारोपण गरेका, साना बालबालिका र ४५ बर्ष माथि उमेर समुहका व्यक्ति जोखिममा पर्छन । चिकित्सकहरुले रुघा खोकि र भाइरल ज्वरोका बिरामीहरुले नाक, मुख हातले नचलाउन र सफा रहन सुझाव दिएका छन् । 
 

Last modified on 2017-12-09 13:27:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts