के हो ग्याष्ट्रिक ? यस्ता छन् बच्ने घरेलु उपाय

एसिडिटी अनुचित आहारविहारका कारण



Download our app to get more features

के तपाईलाई छाती पोल्ने (हर्टबर्न)र मुखमा अमिलो वा तीतो पानी आउने गर्छ ? यदि त्यसो हो भने तंपाईलाई एसिडिटी अर्थात ग्याष्ट्रिक हुन सक्छ ।

अधिकाँश नेपालीले एसिडिटीलाई सामान्यरुपमा लिन्छन् । तर एसिडिटीको समयमै उचित उपचार नभएको खण्डमा इसोफेजेटिज, ग्यास्ट्राइटिज, पेप्टिक अल्सर, ग्यास्ट्रिक तथा इसोफेजियल क्यान्सर हुने सम्भावना हुन्छ । 

के हो त एसिडिटीरग्यांस्टिक ? 
एक किसिमको ग्याष्ट्रिकग्ल्यान्डले खाना पचाउनका लागि ग्याष्ट्रिकरस निष्कासन गर्छ तर सो रस बढी निष्कासन भयो वा अन्य कुनै कारणले पेटमा बढी एसिड जम्मा भयो भने एसिडिटी (अम्लपित्त)को समस्या देखा पर्छ । यदि पेटको एसिड माथि भोजननलीतिर आउन थाल्यो भने ग्यास्ट्रोइसोफेजिअल रिफ्लेक्स डिजिज (जीईआरडी)हुन्छ । 

के हो एसिडिटीरग्यांस्टिकको कारण ? 
एसिडिटी अनुचित आहारविहारका कारण पैदा हुन्छ । धेरै शोक र चिन्ता गर्ने, तनाव लिने तथा बढी पिरो, अमिलो, मसालेदार पदार्थ, चिया–कफी, बेसनका परिकार, फास्टफुड, अचार, धेरै तातो र तैलीय पदार्थहरु सेवन गर्ने, रक्सी–चुरोट–बिँडी पिउने, शारीरिक श्रम तथा व्यायाम नगर्ने, ठीक समयमा सुपाच्य भोजन नगर्ने आदि कारणले एसिडिटीको समस्या देखा पर्छ । बढी मानसिक चिन्ता, तनाव, उद्वेग, शोक आदिजस्ता मानसिक विकारले एसिडिटी बढाउन सहयोग गर्छ । इष्र्या, द्वेष, क्रोध, तनाव, व्यग्रता, अनावश्यक र अति चिन्ता, यस्ता मनोविकारहरु हुन् । जसले पाचनप्र्रणालीलाई प्रभावित पारेर आमाशयस्थित ग्यास्ट्रिक ग्ल्यान्डलाई बढी उत्तेजित बनाई बढी एसिड पैदा गर्न सहयोग गर्छ । अर्को कुरा, मानसिक कारणले नभई गलत आहारविहारका कारण एसिडिटीको समस्या देखा परेको छ भने पनि त्यसले मानसिक समस्याहरु जस्तै– बैचनी, चिन्ता तथा चिडचिडेपन पैदा गर्न सक्छ ।    

के– के हुन एसिडिटी र ग्याष्ट्रिकका लक्षण ?
एसिडिटीरग्यांस्टिकका  लक्षणहरु अनेक हुन्छन् । तीमध्ये प्रमुख लक्षणहरु यस प्रकार छन् । 

  • पेट, छाती र घाँटीमा जलन हुनु । 
  • अमिलो डकार आउनु । 
  • कहिलेकाहीँ उल्टी हुनु । 
  • मुखमा अमिलो र तीतो पानी आउनु । 
  • अपच हुनु । 
  • कहिले कब्जियत त कहिले पखाला लाग्नु ।
  • शरीर तातो हुनु । 
  • भोक कम लाग्नु वा बढी लाग्नु । 
  • टाउको–जीउ दुख्नु, हातखुट्टा पोल्नु । 
  • चक्कर लाग्नु । 
  • बेचैनी, चिन्ता, क्रोध तथा चिडचिडेपन बढ्नु । 
  • राम्रोसँग निद्रा नपर्नु, थकाइ लाग्नु । 
  • अनेक डरलाग्दा सपना देख्नु । 
  • आहार–विहार र घरेलु उपचार । 

बच्ने उपायहरु
खाली पेटमा चिया–कफी पिउनाले धेरै मानिसलाई एसिडिटीको समस्या देखा पर्छ । त्यसैले बिहान उठ्नेबित्तिकै खाली पेटमा चियाको सट्टा एक–दुई गिलास पानी पिउनुपर्छ । पानी एसिडलाई साम्य पार्ने एक महत्वपूर्ण पेयपदार्थ हो । त्यसैले दिनभरिमा २ लिटर जति पानी पिउने बानी बसाल्नुपर्छ । 
त्यस्तै नरिवल–पानीको सेवन पनि एसिडिटीका लागि निकै उत्तम मानिन्छ ।  एसिडिटीको समस्याका लागि एलोप्याथिक चिकित्सकले एन्टाएसिड जस्तै– एसिलग प्रेस्क्राइब्ड गर्ने गर्छन् भने आयुर्वे्िदक चिकित्सकले अविपत्तिकर चूर्ण तथा सुतशेखर रस आदि प्रेस्क्राइब्ड गर्ने गर्छन् । 

तर आहारविहार (लाइफ स्टाइल)लाई ठीक नगरीकन औषधिले मात्र  एसिडिटीबाट छुटकारा प्राप्त गर्न गाह्रो हुन्छ । किनभने औषधिले पेटमा बढेको एसिड कम गर्छ । तर एसिड बढी पैदा हुने कारणलाई ठीक गर्न सक्दैन । त्यसैले एसिडिटीबाट मुक्ति प्राप्त गर्न पेटमा बढी एसिड पैदा हुने कारणलाई नै ठीक गर्नुपर्छ । 
सुरुवातको अवस्थामा आहारविहार ठीक राखी घरेलु औषधि गर्ने हो भने एसिडिटी ठीक हुन सक्छ । एसिडिटीमा लाभ गर्ने अनेक घरेलु औषधिहरु छन् । जीरा र धनियाँको धूलोलाई पानीमा हालेर उमाल्ने र चिसो भएपछि छानेर पिउनाले एसिडिटीमा लाभ गर्छ । 

खाने सोडा २५ ग्राम, बिरेनून २५ ग्राम, निम्बु सत १२ ग्राम तथा त्रिफला ३०० ग्राम सबैलाई राम्रोसँग पिसेर चूर्ण बनाई एउटा शिशीमा राख्नुपर्छ । अनि प्रत्येक बेलुका एक गिलास पानीमा एक ठूलो चम्चा सो चूर्ण भिजाएर भोलिपल्ट बिहान छानेर पिउने गर्नुपर्छ । केही दिनमै लाभ भएको महसुस गर्न सकिन्छ । 
बिहान–बिहान आधा गिलास दूधमा आधा गिलास पानी र एक चम्चा जति मिश्री मिलाएर बनाएको लस्सी पिउने गर्दा ग्यांस्टिकको समस्यामा फाइदा गर्छ । एक चम्चा अमलाको रस, एक चौथाइ चम्चा भुटेर कुटेको जीराको धूलो, आधा चम्चा धनियाँको धूलो तथा अलिकति मिश्री मिलाएर दिनको एक पटक खानापछि खाने गर्नु अति राम्रो मानिन्छ । 

सानो हर्रो घिउमा भुटेर राख्ने र खानापछि २ वटा ल्वाङ, आधा चम्चा सौफ र अलिकति मिश्री चुसेर खाने अनि एउटा हर्रो सुपारी चेपेझैँ मुखमा चेप्ने गरेमा पनि ग्यांस्टिकको समस्या न्यून गर्न सकिन्छ । प्राकृतिक एवम् मनोवैज्ञानिक उपचार । एसिडिटीबाट मुक्ति हुन प्राकृतिक चिकित्सा तथा योगासनको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले एसिडिटी हुनेका लागि कुन्जर क्रिया उत्तम मानिन्छ । कुन्जर क्रियाले आमाशयमा जम्मा भएको अम्ल, पित्त तथा विषाक्त पदार्थहरु बाहिर फयाँक्न सहयोग गर्छ । 

यसै गरी कपालभाँती प्राणायाम तथा वज्रासन, पवनमुक्तासन तथा भुजंगासनजस्ता आसनहरु एसिडिटीलगायत पेटका अन्य रोगहरुमा निकै लाभकारी मानिन्छन् । त्यसैले कुन्जर क्रियाद्वारा पेट सफा गर्ने, योगासनहरु गर्ने तथा उचित आहारविहार गर्ने हो भने ग्यांस्टिकको समस्याबाट मुक्ति मिल्न सक्छ । 
यी सबै किसिमका उपचारगर्दा पनि अधिकांश मानिस एसिडिटीबाट पूर्णरुपमा छुट्कारा प्राप्त गर्न सकिरहेका हुँदैनन् । औषधि सेवन गर्दासम्म उनीहरुलाई लाभ हुन्छ, अनि फेरि जस्ताको तस्तै ।  यसको मूल कारण ग्यांस्टिकको मनोवैज्ञानिक पक्षलाई बेवास्ता गर्नु हो । किनभने ग्यांस्टिकको समस्या मस्तिष्कसँग पनि सम्बन्धित छ । किनकि एसिडिटी मानसिक चिन्ता वा तनावले पनि पैदा हुन्छ । ठीक समयमा खाना नखाने तथा उचित भोजन तथा शारीरिक व्यायाम आदि नगर्नाले पनि यो समस्या उत्पन्न हुन्छ । ठीक समयमा पथ्य भोजन नगर्ने र व्यायाम गर्न अल्छी गर्नेहरु एसिडिटीको समस्यामा पर्न सक्छन् । यी कुराहरु मनमस्तिष्कसँग सम्बन्धित हुन्छन् । त्यसैले मनोवैज्ञानिक पक्षलाई सम्बोधन नगरीकन एसिडिटीबाट छुट्कारा प्राप्त गर्न सकिँदैन । 

मनोविज्ञबाट काउन्सिलिङ पनि गर्नुपर्ने हुनसक्छ । के खाने र के नखाने ? बेसन तथा मैदाका परिकार, कचौडी–पकौडी, जेरी–पुरी, हलुवा, समसा, पिज्जा, बर्गर, डोसा, इडली, चिया–कफी, कोल्डड्रिंक, मासको दाल, चना, मुसुरोको दाल, बैगुन, अमिलो–पिरो, चिल्लो, अचार, मसालेदार परिकार, दही आदि पदार्थ नखानु नै बेस हुन्छ । धूमपान, मद्यपान, निकै तातो, बासी पदार्थ, बढी खाना, बेसमयको खाना, हतारमा राम्रोसँग नचबाई खाएको खानाले पनि एसिडिटी बढाउँछ । त्यसैले यसमा परहेज गर्नुपर्छ । खानासँग पानी खाने बानी पनि राम्रो होइन । 

यस्तै मानसिक तनाव, क्रोध, शोक, आलस्य, अनावश्यक कामको बोझ, सामाजिक निष्क्रियता आदिले एसिडिटीर ग्यांस्टिक बढाउने हुँदा यस्ता कुराप्रति पनि सजग हुनुपर्छ । तर एसिडिटीर ग्यांस्टिक भएकाहरुले चोक्करयुक्त आटाको रोटी, रेसादार हरियो सागसब्जी, लौका, परबर, फर्सी, काँक्रो, चौलाई, पालुंगो, अकुंरित अन्न, अनार, किसमिस, मुनक्का, मुगको दाल, गुलियो तथा चिसो पदार्थ, अमला तथा स्याउको मुरब्बा प्रशस्त खाँदा हुन्छ । 

सधैँ शुद्ध र ताजा भोजन गर्ने, ठीक–ठीक समयमा खाना खाने, राम्रोसँग चपाएर खाने बानी बसाल्नुपर्छ । सकारात्मक सोच, प्रेमपूर्ण लाइफ, बिहानको हिँडाइ, योग, ध्यान, व्यायाम, खेलकुद, सामाजिक सक्रियताले पनि एसिडिटीको समस्यामा फाइदा पुर्याउने हुँदा यस्ता कुरामा अल्छी गर्नुहुँदैन ।

Last modified on 2017-12-06 16:14:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts