यसरी जोगिनुहोस् स्तन क्यान्सरबाट
(भिडियोसहित)
काठमाडौं, १८ मंसिर । २५ देखि ३० प्रतिशत महिला स्तन क्यान्सरको अन्तिम स्टेजमा मात्रै अस्पताल आइपुग्ने क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल बताउँछन् । जसले गर्दा स्तनक्यान्सरले भयावह रुप लिदै छ । डा. बरालका अनुसार अस्पताल आउने विभिन्न क्यान्सरका बिरामीमध्ये स्नत क्यान्सर दोस्रो स्थानमा छ भने पहिलोमा पाठेघरको मुखको क्यान्सर पर्छ ।
विश्वव्यापी रुपमा हेर्दा प्रत्येक आठ व्यक्ति मध्ये एकमा स्तनक्यान्सर हुने चिकित्सकहरू बताउँछन । स्तन क्यान्सर महिलामा मात्रै नभई पुरुषमा पनि हुने गर्छ । स्तन क्यान्सर बालबालिका वृद्घवृद्धा सबैमा हुनसक्छ । विशेष गरी रेलमा काम गर्ने, कोइलामा काम गर्ने पुरुषमा स्तन क्यान्सरको जोखिम उच्च रहने प्रा डा बराल बताउँछन ।
स्तन क्यान्सर हुनु अगाडी नै सचेत रहन विभिन्न उपाय अपनाउँन सकिन्छ । स्तन क्यान्सर भएनभएको व्यक्ति आफैले परीक्षण गर्न सक्छ अथवा नियमित स्वास्थ्य परीक्षण गर्दा पनि यस बारे जानकारी पाउन सकिन्छ । वंशाणुगत कारण ५ देखि १० प्रतिशतमा क्यान्सर हुनसक्छ । स्तन चिराचिरा पर्नु, स्तनको मुन्टाबाट रगतआउनु,सेतो पानी आउनु स्तन क्यान्सरको लक्षण हुन् ।स्तन क्यान्सरबाट बच्ने उपाय भनेको नियमित स्वास्थ्य परीक्षण नै हो यसकालागि देशव्यापी रुपमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने डा. बरालको सुझाब छ ।
भिडियो हेर्नुहोस्:
-
View Other Stories by Author >>
1 Comments
-
All men r female must know.
