विश्व एड्स दिवस

देशभर ३३ हजार एचआइभी संक्रमित

७० प्रतिशत संक्रमण असुरक्षित यौनसम्पर्कबाट



Download our app to get more features

काठमाडौं,१५ मंसीर । आज विश्व एड्स दिवस । विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । यसको वर्षको नारा 'मेरो स्वास्थ्य मेरो अधिकार' भन्ने रहेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले देशभर एचआइभी एड्स संक्रमितको संख्या ३२ हजार ७३५ रहेको जनाएको छ ।

अघिल्ला वर्षको तुलनामा संक्रमितको संख्या घट्दै गएको छ । केन्द्रका निर्देशक डा. विकास लामिछानेका अनुसार २० हजार २३२ पुरुष र १२ हजार ५३ महिला एचआइभी संक्रमित छन् । ‘सन् २००५ देखि १६ सम्ममा विश्वव्यापी रूपमा एचआइभी एड्सका कारण मृत्यु हुनेको संख्या ४८५ ले कमी आएको छ । 

नेपालमा पनि आशातीत रूपमा नयाँ संक्रमितको संख्यासँगै मृत्युदर पनि घटेको छ,’ ३० औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक डा. लामिछानेले भने । यस वर्ष विश्व एड्स दिवस ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नारासहित मनाइँदै छ ।

७० प्रतिशत संक्रमण असुरक्षित यौनसम्पर्कबाट
निर्देशक लामिछानेले नेपालमा ७०५ एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कबाट हुने गरेको बताए । उनका अनुसार १४ हजार ५४४ जना एचआइभी संक्रमितले मात्रै उपचार गराइरहेका छन् । ‘आजका दिनसम्म पनि एचआइभी संक्रमित खुलेर आउने गरेका छैनन्,’ उनले भने । धेरै संक्रमित परिवारको डरका कारण भारतमा गएर उपचार गराउन बाध्य भएको उनले बताए । एचआइभी रोकथामका लागि सरकारले यस वर्ष ५० करोड र निःशुल्क औषधिका लागि १४ करोड विनियोजन गरेको छ ।

( आजको नयाँपत्रिका दैनिकबाट )
 

Last modified on 2017-12-01 08:46:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts