दुग्ध वितरण परियोजनाले प्रदूषण बढाएपछि मोरङमा बिरामी बढे



Download our app to get more features

मोरङ, ६ मंसिर । विराटनगरस्थित दुग्ध वितरण परियोजनाले प्रदूषण बढाएको भन्दै आसपासका बासिन्दाले गुनासो गरेका छन् । २४ सै घण्टा धुवाँ र खरानी उडेर वरपर फैलिने गरेकाले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको स्थानीयको भनाइ छ ।

धानको भुसबाट चल्ने परियोजनाको बोइलर मेसिनबाट धुवाँसँगै उडेको खरानी, दुर्गन्ध र आवाजले बस्नै नसक्ने अवस्था भएको स्थानीय पबित्रा पौडेलले बताइन् । ‘धुवाँ, खरानी, दुर्गन्ध र आवाजले घरमा बस्नै नसक्ने भएको छ,’ उनले भनिन्, ‘घरको छतमा खरानी जमेको छ भने घरहरू कालो हुँदै गएका छन्, जहिल्यै रूघाखोकीले सताउने र्गयो ।’

अस्पतालमा उपचार गराउन जाँदा चिकित्सकले धुवाँ, धुलोको एलर्जी भएको भन्दै त्यसबाट बच्न भन्ने गरेको तर घरमा आफूहरू २४ सौं घण्टा धुवाँ र खरानीमै बस्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । यो समस्या उनीहरूको मात्रै होइन, विराटनगर ४ का २ सय परिवारको हो । परियोजनाले ४ वर्षअघि धानको भुसबाट चल्ने बोइलर सञ्चालनमा ल्याएपछि उनीहरूलाई समस्या भएको हो । उनीहरू समस्या समाधानका लागि पटकपटक परियोजना प्रमुखसँग छलफल गरी सहमति गरे पनि अहिलेसम्म हुन सकेको छैन ।

समस्या समाधानका लागि आग्रह गर्न शनिबार परियोजना प्रमुख सरोज सिंखडासँग छलफलका गएका थिए । तर सिंखडा आफ्नो निवासबाट ननिस्केको स्थानीय देवेन्द्र रेग्मीले बताए । ‘समय दिएर पनि प्रमुखले नभेटेपछि अन्य कोही जिम्मेवार व्यक्तिलाई भेट्न खोज्दा पनि कोही सम्पर्कमा आएनन्,’ उनले भने ।

सिंखडाका अनुसार आकस्मिक अवस्थाबाहेक राति १० बजेपछि बोइलर नचलाउने, धुवाँ र प्राविधिक बोलाएर खरानी नियन्त्रण उपाय खोज्ने, घाइतेलाई उपचार खर्च दिने सहमति भएको छ ।

(आजको कान्तिपुर दैनिकबाट)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts