प्रशस्त पानी पिउनुका फाइदै फाइदा
पानी शरीरको लागि सबैभन्दा बढि आवश्यक पर्ने तत्व हो ।
सबै प्रकारका विरामी हुँदा धेरै पानी पिउने सल्लाह चिकित्सकले दिन्छन् । विहान उठ्ने वित्तिकै पानी पिउनु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ तर खाना खाँदा खाँदैबीचमा भने पानी नपिउनु नै राम्रो । यस्तै यस्तै धेरै मान्यता छन् पानीको विषयमा । तर पानीका विज्ञहरुको भनाइ भने फरक छ । यहाँ पानी पिउँदा ध्यान दिनु पर्ने विषयमा चर्चा गरिएको छ ।
- खाना खाँदै गर्दा पानी नपिउनुस ।
- खाना खाइरहेको समयमा पानी पिउने बानी छ भने आजै देखि छोड्नुस् । यसले खान पचाउने ग्यास्ट्रिक जुसलाई हल्का बनाइदिन्छ र पाचनमा समस्या आउँछ ।
- खाना खाएको कम्तिमा १० मिनेटपछि मात्र पानी पिउनुस् ।
- अधिकतम पानी पिउनुस । दैनिकरुपमा प्रयाप्त पानी पिउनुस् ।
- पानी पिउँदा शरीरका सबै गतिविधी सामान्यरुपले सञ्चालित हुन्छन् । स्वास्थ्य पनि सामान्य रहन्छ । जवान हुन्छ त्वचा ।
- पानी पिउँदा हाम्रो त्वचा जवान रहन्छ । यसले हाम्रो अनुहारमा समेत चमक ल्याउँछ । यद्यपी त्वचाको चमक खानपान र बंसजका आधारमा पनि निर्धारण हुन्छ ।
- पानीले तपाइँको मोटोपन पनि कम गर्न सघाउँछ । पानी पिउँदा शरीरमा बोँसो, क्यालोरी वा कोलेस्ट्रोल केही पनि थपिँदैन । पानीले प्राकृतिकरुपमा भोक मार्ने काम पनि गर्छ ।
- विकारबाट मुक्ति । विभिन्न प्रकारका विकार जुन खानाको माध्यमबाट हाम्रो शरीरमा जान्छन् । त्यसलाई सफा गर्न पनि प्रयाप्त पानी पिउनु जरुरी छ । विभिन्न रसायनिक प्रतिक्रियाबाट पैदा हुने रसायन कम गर्न पानी उत्तम उपाय हो ।
- पानी त्यसै पनि पिउन सकिन्छ भने अन्य तरिकाले पनि पिउन सकिन्छ । जस्तै ग्रीन टी, सुप, नारियल पानी या शर्बत । कोक फेन्टा होइन पानी पिउनुस् । पानीले शरीरमा भएको अधिक नूनलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ ।
Last modified on 2017-11-22 07:49:46