दमका बिरामीले के–के कुरामा ध्यान दिने ?



Download our app to get more features

काठमाडौँ, २ मंसिर । दम रोग जाडो मौसममा बढि हुने गर्छ । विशेषगरी वृद्धवृद्धामा दम रोग बढि देखिने गरेको छ । त्यसैले जाडो मौसममा विशेष रुपले वृद्धवृद्धालाई धुँवा धुलोबाट जोगाउनुपर्छ , त्यतिमात्र नभई चुरोट खाने बानि छ भने त्यसबाट टाँढा राख्नुपर्छ, बाहिर जाँदा पनि मास्कको प्रयोग गर्न दिनु पर्छ । 

दमबारे धेरैलाई भ्रम छ यो रोग हो । तर यो आफैमा कुनै रोग होइन् । यो कुनै रोगको लक्षण मात्र हो । दम धेरै प्रकारका हुन्छन् । फोक्सोमा देखिने विभिन्न समस्याका कारण श्वास फेर्न असजिलो हुनु वा समस्या आउनुलाई दम भनिन्छ । अधिकांशलाई क्रोनिक ब्रोन्काइटिस भएर दम लाग्ने गर्छ । धुँवा धुलोमा बढी बस्ने , धुम्रपानको सेवन गर्नेलाई दम लाग्ने सम्भावना बढि हुन्छ ।

चिसो मौसम दमका लागि निकै प्रतिकुल समय हो । त्यसैले जाडो मौसममा विशेष ध्यान दिनुपर्छ । सानो लापर्वाहीले ज्याननै जाने खतरा बढ्छ । यो समयमा दमका बिरामीले स्वास्थ्य प्रति बढी सचेत हुनुपर्छ । 

विशेषज्ञ डाक्टर सञ्जय कुमार ठाकुरका अनुसार जाडो मौसममा सामान्य रुघाखोकी लागेमा पनि चिकित्सकसँग सल्लाह गरिहाल्नु पर्छ । किनकी सामान्य रुघाखोकीले पनि निमोनिया लाग्न सक्छ । दमका रोगिले यदि औषधि सेवन गरिरहेका छन् भने त्यसलाई निरन्तरता दिनु पर्छ । साथै वर्षैपिच्छे दम विरुद्धको भ्याक्सिन लगाउनुपर्छ यसले दम रोग लाग्नबाट जोगिन मद्दत गर्छ । त्यतिमात्र नभई शरीरमा कुनैपछि किसिमका दाग आयो भने पनि चिकित्सककहाँ गएर उपचार गराउनु पर्छ ।

Last modified on 2017-11-18 20:47:14

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. कमल बस्नेत on Sat, Nov 18 2017 06:28 PM

    सर मेराे उमेर सानै देखि यस राेगले अात्रमण गरेकाे छ । म १५ बर्ष हुदा देखि बिक्लेट ईन्हेलर २००mcg प्रयाेग गर्दैछु । यसकाे लगातार प्रयाेगले के प्रभाव गर्छ सर ? साथै यसकाे थप राेकथामका लागि के गर्नु पर्ला सर ?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts