विवादित कलेजमा भेटिएका डा.शाहमाथि काउन्सिलद्वारा छानबिन सुरु



Download our app to get more features

काठमाडौँ, २ मंसिर । नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अंकुर शाहमाथि काउन्सिलले छानबिन सुरु गरेको छ । 

घट्टेकुलोस्थित काठमाडौँ नेसनल अस्पतालमा फाइल मिलाइरहेको अवस्थामा फेला परेको आरोपमा डा.शाहमाथि छानबिन गरिरहेको काउन्सिलले जानकारी दिएको छ ।

काउन्सिलका अध्यक्ष डा.धर्मकान्त बास्कोटाले डा.शाहमाथि छानबिन भइरहेको जानकारी दिँदै कुन प्रयोजनका लागि शाह कलेजमा गएको हो भन्ने अहिलेसम्म पत्ता लगाउन नसकिएको बताए ।

काउन्सिल सदस्य विवादित कलेजमा भेटिनु गम्भिर विषय हो, अध्यक्ष बास्कोटाले भने, ‘शाह कुन प्रयोजनका लागि त्यहाँ पुगेका हुन् त्यसको सम्पूर्ण विषयमा छानबिन गरेर वास्तविकता बाहिर ल्याउने छौँ ।’

 

(आजको गोरखापत्र दैनिकमा छापिएको समाचार)

Last modified on 2017-11-18 08:52:38

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts