एनआरएन अमेरिका र ग्रीनसिटी मिलेर बनाउने भए एक अर्बको अस्पताल



Download our app to get more features

काठमाण्डौ, २६ बैशाख । राजधानीको बसुन्धारा स्थित ग्रीनसिटी अस्पताल र गैरआवासीय नेपाल संघ अमेरिकाको संयुक्त लगानीमा एक अर्ब लगानीमा अत्याधुनिक अस्पताल बन्ने भएको छ । अस्पताल निर्माण गर्ने सम्बन्धी सम्झौतामा गत शुक्रवार हस्ताक्षर भएको हो । 
गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेल लगायतको लगानी रहेको ओभरसिज इन्भेष्टमेण्ट ग्रुप प्रालि र ग्रीनसिटीको ५०–५० प्रतिशत लगानीमा अस्पताल बनाउने सम्झौता भएको ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले जानकारी दिए  । ११ तल्लाको अस्प्ताल बनाउनका लागी भवन निर्माणार्थ अहिले अस्पताल रहेको स्थानसँगै ४ रोपनी क्षेत्रफलको जग्गा २६ करोड ५१ लाखमा खरिद गरिसकिएको छ ।

आउँदो वर्षबाट निर्माण आरम्भ हुने अस्पताललाई २ सय शैय्या क्षमताको बनाउने योजना रहेको अध्यक्ष टण्डनले जानकारी दिए । ‘हामी यसलाई पेपरलेस अस्पताल बनाउँछौं यहाँबाट गरिब असहायका साथै विभिन्न ७२ देशमा फैलिएर रहेका  गैरआवासीय नेपालीका नेपालस्थित परिवारका सदस्यले विशेष उपचार व्यवस्था पाउनेछन् ।’ टण्डनले भने ।  

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts