यी हुन बाँझोपनबाट जोगिने तीन उपाय (भिडियोसहित)



Download our app to get more features

काठमाडौं, ३० कात्तिक । बाँझोपनाका कारण पुरुषको तुलनामा महिला बढी तनावमा पर्छन् । हाम्रो समाजमा महिलाको दोषका कारण मात्रै निःसन्तान हुने अन्धविश्वासका कारण महिलामाथि विभिन्न आरोप पनि लाग्ने गरेको छ । कतिपयको त परिवारमा कलह समेत पैदा हुने गरेको छ । 

कुनै पनि दम्पतीको विवाहको एक बर्षसम्म पनि सन्तान नहुनुलाई नै बाँझोपन भनिन्छ । यो पुरुष वा महिला दुबैको कारण हुने सक्छ । बाँझोपन हुन नदिन के गर्नुपर्छ भन्ने विषयमा स्त्री रोग विशेषज्ञ डा. नुतन शर्माले दिएको तीन वटा सुझाव यस्ता छन् । 

अस्थायी साधनको गलत प्रयोग
परिवार नियोजनका अस्थायी साधनहरूको गलत प्रयोगका कारण पनि निःसन्तान हुने खतरा रहन्छ । कसैले लामो समयसम्म पनि अस्थायी साधनको प्रयोग गरिरहने हुन्छन् जसले उनीहरूको महिनावारीमा गडबडी गराउँछ । जानकारीविनै अस्थायी साधन प्रयोग गर्दा ६ महिनादेखि एक बर्षसम्म गर्भ रहने समय सर्न सक्छ । 

समयमै विवाह र बच्चा पाउनु
उमेर पुग्दै महिला वा पुरुषले बिहे नगर्दा वा विवाह गर्ने पुरुष वा महिलाको उमेर धेरै फरक पर्दा पनि बाँझोपनको समस्या आउन सक्छ । विवाह गर्ने उमेर भन्दा ढिला बिवाह गर्दा पनि निःसन्तान हुने खतरा रहन्छ । 

असुरक्षित गर्भपतन
विवाहित महिलाले बच्चा पाउने योजना नबनाउँदै गर्भ रहेको अवस्थामा गर्भपतन गराउने चलन छ । यसले पनि महिलालाई निःसन्तान बनाउने गर्छ । असुरक्षित तरिकाले गरिने गर्भपतनका कारण पनि बाँझोपनको समस्या रहन्छ । 

भिडियोमा हेर्नुहोस् :

Last modified on 2018-03-27 04:51:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts