विश्व सीओपीडी दिवस

सीओपीडी भएकाले यस्ता कुरामा ध्यान दिनुहोस्



Download our app to get more features

आज सीओपीडी अर्थात क्रोनिक अब्सट्राक्टीस पल्मोनरी डिजिज दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाइँदैछ । चिसोको मौसममा यस रोग लाग्ने संभावना बढी भएकाले सजग रहन विशेषज्ञ चिकित्सकहरुले सुझाव दिएका छन् । 

के हो सीओपीडी ?

सीओडीपीलाई दीर्घ दम खोकीको रोग भनेर पनि चिनिन्छ । फोक्सोमा रहेका ससाना श्वास नलीमा श्वास फेर्दा स्वाससँगै जाने धुलो धुवाँका कणहरु टासिन्छन । लामो समय भएपछि यी स्वास नलीका भित्ताहरुमा क्रोनिक संक्रमण हुन्छ र नलीहरु सुन्निन्छन् । यही कारणले श्वास फेर्न गाह्रो हुन्छ र छातीमा घ्यार्र घ्यार्र हुनथाल्छ । र अन्त्यमा गएर सीओपीडी हुन्छ । अर्थात धुँवा धुलोको कारण फोक्सोका स्वास नली बन्द भएर लाग्ने रोगलाई सीओपीडी भनिन्छ । 

सीओपीडी लाग्ने मूख्य कारण :

नियमित धुम्रपान तथा मद्यपान गर्नु ।

धुवाँ, धुलो प्रदुषित वातावरणमा बढी बस्नु ।

इटाभट्टा तथा ढुंगा माटोको काम गर्दा सावधानी नअपनाउनु ।

सीओपीडीका लक्षण :

उमेर बढेसँगै वा ३५-४० वर्षको उमेरदेखि खोकी लाग्नु ।

लामो समय हप्तौंसम्म खोकी लाग्नु ।

श्वास फेर्न अप्ठ्यारो हुनु ।

छाती घ्यार्र घ्यार्र हुनु ।

खोक्दा खकार आउनु ।

उकालो चढ्दा गाह्रो हुनु ।

सीओपीडीबाट बच्ने उपाय ः

धुम्रपान, मद्यपान नगर्ने ।

स्वच्छ वातावरण बस्ने ।

माटो ढुंगाको काम गर्दा तथा घरयासी काम गर्द विशेष सर्तकता अपनाउने ।

छाती घ्यार्र घ्यार्र भए वा लामो समय खोकी लागे तुरुन्त स्वास्थ परीक्षण गराउने ।

पौष्टिक आहारयुक्त सन्तुलित खाना खाने ।

 

Last modified on 2018-03-27 04:52:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts