अल्कामा मधुमेह सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया



Download our app to get more features

काठमाडौं, २८ कात्तिक । विश्व मधुमेह दिवसको अवसरमा काठमाडौं डाइबेटिज तथा थाइराइड सेन्टर र अल्का अस्पतालले मंगलबार मधुमेह सम्बन्धी जनचेतनामूलकअन्तरक्रिया गरेको छ । कार्यक्रममा काठमाडौं डाइबेटिज तथा थाइराइड सेन्टरका निर्देशक तथा मधुमेह रोग विशेषज्ञ डा. अंशुमाली जोशीले मधुमेहको उपचारमा सबै नेपालीको पहुँच नभएको बताए । यसअघि सेन्टरले प्रभातफेरी पनि आयोजना गरेको थियो । 

उनले विशेषगरी नेपाली महिलामा चेतनाको अभावले मधुमेह उपचारमा निकै पछि रहेको बताए । यसकारण पनि नेपालमा मधुमेहका बिरामी तिव्र रुपले बढ्दो छ । मधुमेह नियन्त्रण नभए शरीरका अंगहरू आँखा, मुटु, मिर्गौला र नशामा असर पुग्ने डा. जोसीको भनाइ छ । विश्वमा भएको कुल जनसंख्या मध्ये ६ देखि ८ प्रतिशतलाई मधुमेह भएको विभिन्न अध्ययनहरूले देखाएका छन् । 

कार्यक्रममा मधुमेहबाट बँच्न  खानपान र शारीरिक ब्याममा, उचाई अनुसारको शरीरको तौलमा विशेष ध्यान पु¥याउन उनले अनुरोध गरे । साथै मधुमेहका बिरामीलाई खानपान, शारीरिक ब्याम, नियमित औषधि सेवन र स्वास्थ्य परीक्षण गर्न पनि अनुरोध गरे । 

निःशुल्क औषधि बितरण

डाइबेटिज तथा थाइराइड सेन्टर र अल्का अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण र औषधि बितरण पनि भइरहेको छ । विश्व मधुमेह दिवसको अवसरमा पाँच सय बिरामीको स्वास्थ्य परीक्षण र तिनीहरूलाई निःशुल्क औषधि बितरण गर्ने लक्ष्य रहेको अस्पतालले जनाएको छ । 


 

Last modified on 2017-11-14 16:19:26

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts