शिशु साटिएको भन्दै नारायणी उपक्षेत्रीय अस्पतालमा खैलाबैला



Download our app to get more features

वीरगन्ज, २८ कात्तिक । २५ कात्तिकमा सर्लाहीको बलरा नगरपालिका ११ का राममनोजप्रसाद कुशवाहाीपत्नी कामिनीदेवी कुशवाहाले नारायणी उपक्षेत्रीय अस्पतालमा शिशु जन्माइन् । नर्सले छोरा जन्मिएको खबर सुनाए । राममनोजले मिठाइ किनेर आफन्त र नर्सहरुलाई बाँडे । तर, मिठाइ बाँडेको केहि क्षण बित्न नपाउदै नर्सहरुले जन्मिएको शिशु छोरा नभइ छोरी भएको जानकारी दिएपछि उनको खुशी पलभरमै गायब भयो ।

‘पत्नी र शिशुलाई प्रसूति वार्डबाट निकालेर बेडमा ल्याएपछि नर्सहरुले छोरी जन्मिएको बताए । मेरो त होसहवास नै उड्यो,’ उनले भने, ‘बच्चा साटियो भन्ने मेरो कुरा कसैले पनि सुनेनन् ।’ 

अघिल्लो दिन शिशु साटिएको चर्चा सेलाउन नपाउँदै २६ कात्तिकमा सोही अस्पतालमा वीरगन्ज १ बजार छपकैया निवासी अनिल पासवानकी पत्नी उषादेवी बाराको जितपुरस्थित माइतीघरबाट नारायणी अस्पतालमा पुर्याउने क्रममा घण्टाघर चोकबाट ई–रिक्सामै शिशुलाई जन्म दिइन् । उषाकी आमा जयगनीया देवीले पनि छोरा जन्मिए पनि नर्सले छोरी जन्मिएको भनेपछि हंगामा मच्चाइन् । 

यो अस्पतालले दुई दिनमा दुई शिशुु साटिएको भन्दै आपन्तले खैलाबैला मच्चाए । राममनोजले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएर शिशुको डीएनए परीक्षण गर्न माग गरेका छन् । अस्पतालका मेसु डाक्टर इमामुलले भने शिशु नसाटिएको दाबी गरिरहेका छन् । उनले भने, ‘डाक्टर र नर्ससँग कुरा गर्दा शिशु साटिएको भन्ने कुरा पुष्टि भएन ।’ 

जगनिया देवीले भने अभिभावक बिच भएको छलफलपछि नै जन्मिएको शिशु छोरा नभइ छोरी भएको भन्दै सहमति जनाएकी थिइन् । शिशु साटेको आरोप लागेपछि अस्पतालका नर्स, डाक्टर लगायत स्वास्थ्यकर्मीहरु तनावमा काम गर्न बाध्य भएको अस्पतालले जनाएको छ । 

मेसु डाक्टर इमामुल भन्छन्, ‘अरु महिला सुत्केरीका लागि आउँदा पनि फेरि त्यस्तै आरोप लाग्छ किन भनेर कोहि पनि नर्स अगाडि सर्न मानिरहेका छैनन् , तै पनि मैले सम्झाइ बुझाइ गरेर काममा खटाइरहेको छु ।’

(आजको अन्नपूर्णपोष्ट दैनिकमा क्रान्ति साहले लेखेको समाचार)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts