आचारसंहिता विपरीत नोबेलले शिविर राखेपछि प्रहरीको हस्तक्षेप

तीन जना डाक्टर एक घण्टा प्रहरीको नियन्त्रणमा



Download our app to get more features

विराटनगर, २७ कात्तिक । निर्वाचन आचारसंहितमा विपरित र निर्वाचन आयोगको निर्देशन अवज्ञा गर्दै मोरङको पथरि शनिश्चरेमा विराटनगरमा रहेको नोबेल मेडिकल कलेजले आयोजना गरेको स्वास्थ्य शिविरमा प्रहरीले हस्तक्षेप गरेको छ ।

नोबेलका सञ्चालक शुनिल शर्मा मोरङको क्षेत्र नं. ३ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि मतदातालाई प्रभावित पार्न आयोजना गरिएको शिविरमा प्रहरीले हस्तक्षेप गरेको हो ।

शिविर सञ्चालन भएको स्थान पथरीशनिश्चरेको ४६ विगाहामा प्रहरीले हस्तक्षेप गरी शिविरमा गएका तीन चिकित्सकलाई पनि एक घण्टा नियन्त्रणमा लिएको थियो । उनीहरुलाई एक घण्टापछि छाडिएको नोबेलका डा. देवराज घिमिरेले जानकारी दिए । प्रहरीले स्वास्थ्य जाँच र उपचारमा सक्रिय घिमिरेका साथमा डा. बुद्ध भण्डारी र डा. रोहित दाहाललाई समेत नियन्त्रणमा लिएको थियो ।

चुनावको मुखमा आचारसंहिता विपरीत मतदाता प्रभावित पार्न शर्माको अस्पतालका डाक्टरहरुको टोलीले शर्माको निर्वाचन क्षेत्रमा विगत केही सातायता निःशुल्क स्वास्थ्य शिविर गरिरहेको छ । विरामीको उपचार निःशुल्क गर्ने भन्दै नोबेलले गाउँगाउँबाट सर्वसाधारणलाई गाडीमा ओसारेर विराटनगर स्थित अस्पतालमा पनि ल्याउने गरेको छ ।

चुनावको मुखमा मतदाता प्रभावित पार्ने गरी सञ्चालन भइरहेको स्वास्थ्य शिविर बन्द गर्न निर्वाचन कार्यालयले पटक–पटक निर्देशन दिएपनि अवज्ञा गरेको भन्दै ती डाक्टरलाई पक्राउ गरिएको हो । शिविरमा प्रहरीले हस्ताक्षेप गरेपछि काँग्रेस कार्यकर्ताहरुले केहीबेर नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अबरुद्ध गर्ने प्रयास गरेका थिए ।

मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फबाट उम्मेद्वार सुनिल शर्माले सञ्चालन गरेको भन्दै स्वास्थ्य शिविर रोक्ने प्रयासमा विवाद हुँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ ।

अनुगमन आउने कुरा भइरहेको बेला सिविर हटाएको भन्दै प्रहरीले डाक्टर र नर्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निर्वाचन आयोगले झडपको स्थिति हुने भएकाले नेपाली कांग्रेसका सचिव मोदराज घिमिरेलाई जानकारी गराएको र अनुगमा पठाएको क्षेत्रिय निर्वाचन अधिकृत प्रेम प्रसाद संजेलले जानकारी दिए ।

प्रहरी विरुद्ध नाराबाजी 
पथरीमा सञ्चालमा भएको स्वास्थ्य शिविर प्रहरीले हस्तक्षेप गरेपछि कांग्रेस कार्यकर्तासहित स्थानीयले प्रहरी विरुद्ध नाराबाजी गरे । उनीहरू ‘प्रहरी दमन मुर्दावाद, राजन कार्की राजीनामा दे, स्वास्थ शिविर सूचार गर’, जस्ता नारा लगाएर २० मिनेट सडक अवरोध गर्दै बसेका थिए ।

मोरङ क्षेत्र नं. ३ मा २ महिना यता नोबेल मेडिकल कलेजद्धारा स्वास्थ सिविर चल्दै आए पनि शुनिल शर्माले मनोनयन दर्ता गर्नु भन्दा १५ दिन अघि नोबेल मेडिकल कलेजबाट राजीनामा दिएको बताएका छन् ।

नोबेलका डाक्डरहरुले निःशुल्क सिविर चलाउने थाहा पाएपछि गाँउका क्लवहरुले अफ्नौ नेतृत्वमा सिविर चलाई दिनु भन्दै आएपछि सिविर चलाएको डा. देबराज घिमिरे बताए । शिविर हस्तक्षेप गरेपछि आन्दोलित बनेका स्थानियहरु  । 

Last modified on 2017-11-13 17:48:27

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts