चिकित्सा शिक्षा अध्यादेश लागू गर्न माग
काठमाडौँ, २७ कात्तिक । प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश आगामी संसदबाट पारित हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण भएपछि आइतबार पत्रकार सम्मलेनको आयोजन गर्दै उनले अध्यादेशलाई कडाइका साथ लागू गर्नुपर्ने बताए । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश लागू भएमा मेडिकल शिक्षा सर्वसाधारणसम्म पुग्ने उल्लेख गर्दै डा.केसीले अध्यादेश प्रमाणीकरण हुनु ठूलो उपलब्धि भएको बताए ।
डा.केसीले विवादित काठमाडौँ नेसनल मेडिकल कलेजको फाइल मिलाउँदै गर्दा भेटिएका नेपाल मेडिकल काउन्सिल सदस्य अङ्कुर साहलाई कारबाही गर्न माग गरे । उनले नियामक निकायमा रहेर नियमन गर्नुपर्नेमा उल्टै कलेज गएर सहयोग गर्नु गलत रहेकाले कारबाही गर्नुपर्ने बताए ।
(आजको गोरखापत्र दैनिकबाट)
Last modified on 2017-11-13 09:06:11
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>