निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण

काठमाडौं, २६ कात्तिक । विश्वमधुमेह दिवसको अवसरमा काठमाडौं डाइबिटिज एण्ड थाइराइड सेन्टर र अल्का अस्पतालले आइतबारदेखि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । शिविर एक साता सम्म चल्ने अस्पतालले जनाएको छ ।
विश्वमधुमेह दिवस १४ नोभेम्वरको अवसरमा बृहत जनचेतनामुलक ¥याली र करिबपाँच सयको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अस्पतालको उदेश्य छ । साथै स्वास्थ्य परीक्षण र औषधि समेत निःशुल्क उपलब्ध गराउने डाइबिटिज एण्ड थाइराइड सेन्टरका निर्देशक तथा मधुमेह रोग विशेषज्ञ डा. अंशुमाली जोशीले बताए। शिविरमामिर्गाैला, स्त्री रोगका बिरामीको समेत परीक्षण हुनेछ ।
Last modified on 2017-11-12 16:59:58
शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।