जाडोमा बदाम खानु फाइदै फाइदा 

एक सय ग्राम बदाममा एक लिटर दुध बराबर प्रोटिन



Download our app to get more features

जाडो मौसम सुरु भएसँगै विभिन्न रोगको संक्रमण पनि बढ्ने गर्छ ।

त्यस्ता रोगका किटाणुबाट जोगिन हामी अनेक उपाय अपनाउछौं । चिसो मौसममा लाग्ने रोगहरूबाट जोगिन हामी खानपानमा विशेष ध्यान दिन्छौं । शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने खाना, न्यानो कपडा, पानी तताएर मात्रै खानेलगायतका गतिविधि गर्छौ । यति मात्रै होइन जानी वा नजानी घाममा बसेर बदाम पनि खाने गर्छौं । यसरी जाडो मौसममा बदाम खानु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक हुन्छ । 

बदामलाई कतिपय ठाउँमा मुंगफली पनि भनिन्छ । बदाममा लगभग सबै प्रकारका पोषक तत्व पाइन्छ । एलमन्ड बदाममा अझै धेरै पोषक तत्व पाइने पोषकविद्हरूको भनाइ छ । एलमन्ड बदाम अलि महंगो हुन्छ । एक सय ग्राम काँचो बदाममा एक लिटर दुधमा पाइने प्रोटिन हुन्छ । बदामलाई भुटेर वा काँचै खान पनि सकिन्छ । फल मात्रै होइन बदामको तेल पनि छालाका किटाणुलाई नष्ट गर्न फाइदाजनक हुन्छ । जानौं पोषक तत्वले भरिएको बदाम खानुको फाइदा :

आयुर्वेदिक औषधि बनाउन 
बदामबाट मानव शरीरमा आवश्यक पर्याप्त प्रोटिन प्राप्त हुन्छ । आयुर्वेदमा बदामको तेलको प्रयोगले विभिन्न औषधि बनाउनमा काम लाग्छ ।

मुटुको लागि राम्रो 
सातामा ६ दिन बदाम सेवन गर्नाले मुटु सम्बन्धी रोगको जोखिम कम गर्छ । त्यसबाहेक बदामले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्न मद्दत गर्छ ।

हड्डिलाई बलियो बनाउँछ
बदाम सेवनले हड्डि बलियो हुन्छ । किनकी बदाममा पाइने क्याल्सियम र भिटामिन डीले हड्डिलाई पर्याप्त मात्रामा शक्ति प्रदान गर्छ ।

हार्मोन सन्तुलन राख्न सहयोगी 
शरीरको विभिन्न प्रक्रियालाई सुचारु रुपले सञ्चालन गर्न हार्मोन उत्पादन सन्तुलित हुन जरुरी छ । नियमित बदाम सेवनले पुरुष र महिला दुबैको हार्मोन उत्पादनलाई सन्तुलित बनाइराख्छ ।

क्यान्सरको उपचार 
बदाममा पोलीफिनोलिक नामक एन्टी–अक्सिडेन्ट पाइन्छ । यसले पेटको क्यान्सरको जोखिमलाई कम गर्छ । दुई चम्चा बदामको मक्खन सातामा एक पटक सेवन गर्नाले महिला र पुरुष दुवैमा पेटको क्यान्सरको जोखिम कम हुन्छ ।

प्रजनन क्षमता बढाउन सहयोगी 
बदाममा फोलिक एसिड पाइन्छ । यसले गर्भावस्थाका बेला भ्रुणमा न्यूरल ट्युबको दोषलाई कम गर्छ । साथै यसले महिलामा प्रजनन शक्ति बढाउन पनि मद्दत गर्छ । 
(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-11-08 10:15:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts