भिटामिन ‘ए’ को बारे जान्नै पर्ने कुरा



Download our app to get more features

सरकारले देशभर पाँच वर्ष मुनिका बालबालिकालाई विहीबार र शुक्रबार भिटामिन ए र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ । महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूले उक्त अभियानलाई सक्रियताका साथ सहयोग गरिरहेका पनि छन् । तर कतिपय अभिभावकमा भिटामिन ए नखुवाए के नै हुन्छ र भन्ने सोच छ । भिटामिन ए नखुवाउँदा हुने बेफाइदा बारे नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. सुनिलराजा मानन्धरको भनाई यस्तो छ :—

बालबालिकालाई भिटामिन ‘ए’ किन खुवाउने ?
—रतन्धो रोगबाट जोगिन ।
—श्वासप्रश्वास सम्बन्धी समस्यामा राहत पाउन । 
—आँखा तेजिलो बनाउँन ।
—छाला सम्बन्धी रोगमा राहत पाउन ।
—रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न ।
—भिटामिन ‘ए’युक्त साग, सब्जी, फलफूल पर्याप्त मात्रामा खानुपर्छ ।

भिटामिन ‘ए’नखुवाउँदा के हुन्छ ?
—बालबालिकाको वृद्धि विकासमा समस्या हुन्छ । 
—रतन्धो रोग लाग्ने खतरा बढी हुन्छ  । 
—रोग प्रतिरोधात्मक क्षमता कमजोर भएर जान्छ  । 
—आँखाको ज्योति कमजोर हुन्छ  । 

(डा. सुनिलराजा मानन्धर, नवजात शिशु तथा बालरोग विशेषज्ञ, काठमाडौं मेडिकल कलेज सिनामंगल )

Last modified on 2017-11-03 08:17:27

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts