बहुगुणकारी लौका
लौकाको जुस आर्दस पेय पदार्थ मानिन्छ
तपाईलाई लौकाको तरकारी खान कत्तिको मन पर्छ?कति मानिस तरकारीमा लौका खान मन पराउँदैनन् ।
यो खानुपर्ने बाध्यताबाट बचेर नै रहने गर्दछन् । तर के तपाईलाई थाहा छ लौकाले तपाइको आलश्यपन हटाउने देखि लिएर शरीरको तौल पनि कम गर्दछ ।
जान्नुस लौकाका गुण यस्ता छन् :
- लौका खानाले पेटमा भारीपन रहदैन् । प्रतिदिन ताजा महसुस गर्नेको लागि मसला या नुन मिसाएर लौकाको जुस पिउन सकिन्छ ।
- लौका शरीरको तौललाई छिटो कम गर्नमा सहयोग छ । त्यसैले यसलाई जुस बनाएर वा नुनका साथमा खान सकिन्छ ।
- लौकाले पाचन सम्बन्धी समस्याको पनि उत्तम समाधान गर्छ । साथै यो एसिडिटीमा पनि लाभदायी छ । लौकालाई भोजनमा सामेल गर्नाले पाचन क्रिया राम्रो हुँदै जाने गर्दछ ।
- डाइबिटिजका रोगीका लागि लौका सेवन एक प्रभावकारी उपाए हो । डाइविटिजमा खाली पेट लौका सेवन गर्नु राम्रो हुन्छ ।
- मुत्र सम्बन्धि समस्याको लागि पनि लौका खानु राम्रो उपाय हो। यसले शरीरमा सोडियमको मात्रालाई कम गर्न सहयोग गर्छ ।
- लौकाको नियमित सेवनले छालामा प्राकृतिक चमक आउछ । जसले गर्दा शरीर आकर्षक देखिन्छ । कतिपय महिला वा युवती यसको लागि लौकाको प्रयोग गर्दछन् ।
- लौकालाई भोजनमा सामेल गराउनाले शरीरमा भएको हानीकारक कोलेस्टोल विस्तारै कम हुदैजान्छ । जसले मुटु सम्बन्धि या कोलेस्टालले हुने अन्य समस्या हुदैन । यसका लागि लौकाको जुस आर्दस पेय पदार्थ मानिन्छ ।
(एजेन्सीको सहयोगमा)
Last modified on 2018-11-23 17:24:30