रक्तदानको देशव्यापी अभियान चलाइने



Download our app to get more features

काठमाडौँ, १३ कात्र्तिक । स्वयंसेवी रक्तदाता समाजले अस्पतालहरूमा बिरामीले भोग्नुपरेको रगत अभावको समस्या कम गर्न देशव्यापी रक्तदान अभियान घोषणा गरेको छ । 

समाजका अध्यक्ष शतक रक्तदाता प्रेमसागर कर्माचार्यका अनुसार अभियानको नारा ‘नियमित रक्तदान गर्नु सामाजिक दायित्व र कर्तव्य हो, निस्शुल्क रगत पाउनु बिरामीको नैसर्गिक अधिकार हो’ राखिएको छ । 

अभियानको सुरुवातका रूपमा शनिबार समाजको काठमाडौं महानगर ३० नम्बर वडा समितिले मैतीदेवी मन्दिर प्रांगणमा आकस्मिक रक्तदान आयोजना र्गयो । त्यस अवसरमा ५० जनाले रक्तदान गरे । 

‘स्वयंसेवी रक्तदाताहरूको साथ र सक्रियता नहुने हो भने रगतकै अभावमा धेरै बिरामीको अकाल मृत्यु हुने अवस्था छ,’ कर्माचार्यले भने, ‘त्यो अवस्था नआओस् भनेर हामीले पहल गरेका हौं ।’

(आजको कान्तिपुर दैनिकबाट)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts