चियाले बढाउँछ मित्रवत व्यवहार 

रगतमा भएका विषाक्त तत्वलाई निश्कासन गर्न सहयोग



Download our app to get more features

नेपालमा मात्रै नभई विश्वभर पेय पदार्थ मध्ये चिया प्रचलित र सस्तो छ । सबै उमेरका व्यक्तिले पिउन सक्ने चियाको सुरुवात १८औंं शताब्दीमा चीनमा भएको इतिहासमा उल्लेख छ ।

यसको वैज्ञानिक नाम क्यामेलिया साइनेन्सिस् हो । तयारी चियालाई फर्मेन्टेड टी, अनफर्मेन्टेड टी र सेमिफर्मेन्टेड टी भनी वर्गीकरण गरिएको छ । संसारका विभिन्न स्थानका प्रयोगशालाबाट चिया पिउँदा मानव स्वास्थ्यलाई हानी भन्दा फाइदा नै बढी हुने प्रमाणित भएको छ । यस्ता छन् चिया पिउँदाका फाइदा :


१. चिया पिउँदा ताजापन र आनन्द अनुभव हुन्छ । चियामा एन्टिअक्सिडेन्टयुक्त पोलिफिनोल्स हुन्छ । जसले मानव शरीरमा भएका विषाक्त प्रतिरोधात्मक क्षमता वृद्धि गर्दै रगतमा भएका विषाक्त तत्वलाई निश्कासन गर्न सहयोग गर्छ ।
२.चियालाई सौन्दर्य प्रसाधनका रुपमा पनि प्रयोग गरिन्छ । अर्थोडक्स चियालाई भिजाएर त्यसको पानीले मुख तथा शरीर धुँदा तथा भिजाएको चियालाई पिसेर त्यसको लेप लगाउनाले अनुहारमा आएको डन्डीफोर तथा पुरानो दाग मेटिन्छ ।
३. विभिन्न किसिमका क्यान्सरको सम्भावनालाई नियमति चिया सेवनले न्यूनीकरण गर्ने जनाइएको छ । चियाले आलस्य हटाई सक्रिय र सोच्ने शक्ति बढाउँछ ।
४. चियामा हुने ड्युरेटिक गुणले मिर्गौला, कब्जियत र पत्थरी रोगको जोखिम कम गराउछ । मुटुको गति सन्तुलनमा राख्न तथा कोलेस्ट्रोललाई न्यूनीकरण गर्न पनि चियाले मद्दत गर्छ ।
५. चियामा प्रशस्त मात्रामा फ्ल्युराईड भन्ने तत्व पाईन्छ । जसले दाँतलाई मजबुत बनाउनुका साथै गिजालाई समेत स्वस्थ राख्छ ।
६. चियाले स्फूर्ती बढ्ने, थाकाई महसुस नहुने तथा शरीरमा जाँगर र उर्जा वृद्धि गराउँछ ।
७. चियामा कम मात्रामा सोडियम हुने हुँदा उच्च रक्तचापका बिरामीलाई फाइदा गर्छ । चियामा जीवाणुनाशक गुण हुने हुँदा अनेक प्रकारका ब्याक्टेरिया तथा भाइरल इन्फेक्सनबाट जोगाउँछ ।
८. चियाले मित्रवत् व्यवहार तथा असल विचारको विकास गराउँछ । चिया आवश्यकता भन्दा बढी र अन्य तत्व मिसाएर पिउँदा भने बेफाइदा गर्न सक्छ । दूध र चिनी प्रयोग नगरी चिया सेवन गर्नु बढी फाइदाजनक मानिन्छ ।  
 

Last modified on 2017-10-28 10:33:14

1 Comments

  1. प्रेम आर्यon Thu, Nov 02 2017 09:00 PM

    किन पिउने गरिन्छ चिया/कफी? न यसले भोक मेट्छ न त तिर्खा ...! स्वश्थ मानव शरीरका तीन आधार छन्- निद्रा, भोक र ब्रह्मचर्य। चिया र कफी ले यी तिनै को सर्वनाश गर्छ। चिया र कफी औषधीय गुण भएका वनस्पति हुन्। तर सबैको लागि हैन, जो चिसो जलवायु प्रदेश मा वसोवास गर्छन्, जसको रक्त मा अम्लियता कम छ, जसको शरीर को प्रकृति चिसो छ, ति सबका लागि चिया र कफी ले औषधि को काम गर्छ.. । शरीर मा अम्ल र क्षार को सन्तुलन हुनु एकदम आवश्यक छ । नत्र विविध समस्या व्यहोर्नु पर्ने हुन्छ.. । गर्मि प्रदेश मा वसोवास गर्ने हरुको रक्त मा अम्लियता बढी हुन्छ, तिनका लागि र जसको शरीर को प्रकृति गरम छ तिनका लागि भने चिया र कफी ले बिष को काम गर्छ। चिया र कफी मा पाइने मुख्य रासायनिक तत्व- क्याफिन, ट्यानिन र फ्लोराइड हुन्। १- क्याफिन: - एक कटौरा चिया तथा कफिमा लगभग ३५० मि.ग्रा. क्याफिन हुन्छ। यसको प्रभावले व्यक्ति को काम गर्ने क्षमता ह्रास हुन्छ, मन एकाग्र गर्ने क्षमता पनि नष्ट गर्दिन्छ। २- ट्यानिन: - एक कटौरा चिया तथा कफिमा लगभग ४ ग्राम ट्यानिन पाइन्छ, यसले हाम्रो शरीर मा बिष को काम गर्छ, यसले हाम्रो शरीर मा लौह तत्व को पाचनमा बाधा पुर्याउने काम गर्छ, रक्त जलाएर शरीर सुकाई दिन्छ र पाचन प्रणाली पुरै तहस नहस पर्दिन्छ। ३- फ्लोराइड:- एक कटौरा चिया या ३कटौरा कफी मा लगभग १८.१३ पिपिएम फ्लोराइड पाइन्छ, विश्व स्वाश्थ्य संगठनकानुसार मानव शरीर को लागि १.५ पिपिएम फ्लोराइड मात्र पाच्य छ। यसको मात्रा अधिक भयो भने हाम्रो शरीर को राता रक्तकोष को वरिपरी जम्मा भएर अक्शिजन को वितरण मा बाधा उत्पन्न गर्छ, जसको कारण ले प्रारभिक चरण मा थकाइ लाग्नु र पछी बिस्तारै बिस्तारै हड्डी क्षीण हुँदै जानु र जोर्नी कम्जोर भएर दुख्न थाल्छ, यदि फ्लोराइड मृगौला मा प्रवेश गर्यो भने मुत्र त्याग गर्न कठिन हुन्छ। चिया/कफी बाट हुन सक्ने केहि बेफाइदा: १- आन्द्रा र आमाशय को भित्ता मा टाँसिएर त्याँहा खियाउने काम गर्छ र पछी अल्सर को समस्या देखिन सक्छ.. । २- निद्रा र भोक कम गर्छ.. । ३- पेट को अम्लता वृद्धि गर्छ। ४- उच्च रक्त चाप को समस्या उत्पन्न गर्छ.. । ५- स्नायु दुर्बल गराउँछ। ६- युरिक अम्ल बढाउँछ, यसबाट बात रोग को समस्या बढ्छ। ७- गर्भवती महिला ले चिया/कफी पिउनाले जन्मने शिशु को वजन कम हुन्छ। # कफी पिउना ले उत्पन्न समस्या को निवारण का लागि होमियो पेथि को औषधि- ‘नक्सवोमिका-३०’ दैनिक चार खुराक एक सप्ताह सम्म लिन सकिन्छ.. । # चिया धेरै पिउनाले उत्पन्न समस्या जस्तै: अजीर्ण, अनिन्द्रा, कमजोरी, हृदय गति बढ्नु, पेट मा वायु को समस्या, मन्दाग्नी, आदि को लागि चिया बाटै बनेको होमिओ पेथी को औषधि- ‘थिया चिनेन्सिस-३०’ पाच खुराक लिन सकिन्छ। चियाको अन्य धरेलू उपयोग: - १- चाया परेको कपाल मा साबुन तथा सम्पूको प्रयोग ले समस्या झनै बढ्छ र कपाल झर्न पनु सुरु हुन्छ, यसको लागि चियापत्ती पानीमा उमालेर छानिएको पानीले कपाल धुने गर्दा चाया र कपाल झर्ने समस्या समाधान हुन्छ र कपाल चम्किलो पनि हुन्छ.. । २- चिया पत्ती पानीमा भिजाएर त्यसमा थोरै चुन मिलाएर ऐना तथा सिसा मा दलेर केहि बेर पछी ओबानो कपडाले पुछ्ने हो भने चम्किन्छ.. । ३- चिया पत्तीमा अलिकति खरानी मिसाएर भाडा माझ्ना ले सफा र चम्किलो हुन्छ.. । ४- चियापत्ती पकाएर काठ का कुर्सि-मेज मा घसेर घोट्ने हो भने मयल छुट्छ । ५- चिया पत्ती गुलाब को बिरुवा को लागि अति नै उत्तम मलखाद हो.. । ६- कोठामा झिंगा र लामखुट्टे ले सताए भने चिया को धुलो आगोमा पोलेर धुवाँ बनाइ दिनु.. । ७- बर्षा मा सलाईको बट्टा चियाको भाडोभित्र राख्ने हो भने ओसिदैन.. । अब हामि आँफै बिचार गरौँ कि चिया/कफी हाम्रो लागि उपयोगी छ कि हानिकारक? बिदेशीको नक्कल गर्न छोडौं....आफ्नै अक्कल प्रयोग गरौँ... अहिले सम्म चिया/कफी पिएर जति स्वास्थ्य को क्षति भएको छ त्यसको भर्पाइ गर्न को लागि र चिया/कफी को लत छुटाउन को लागि: - १- अर्जुन को बोक्रा को धुलो पकाएर खाने गरौँ। चिनी को सट्टा गुड (भेली) को प्रयोग गरौँ। यसले रक्त र पेट को अम्लता कम गर्छ र क्षार बढाउँछ अनि शरीर मा जम्मा भएको विषाक्त पदार्थ पनि निकाल्छ। २- दालचिनी को बोक्रा को धुलो पकाएर खाने गर्नाले उच्च रक्त चाप १०/१५ दिन मै नियन्त्रण हुन्छ र सामान्य हुन्छ। ३- तुलसी को पात पकाएर खाने गरौँ, सर्व समस्या को समाधान हुन्छ.. । अस्तु..


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts