नवजात शिशु मृत्युको पहिलो कारण संक्रमण, यस्तो छ कान्ति अस्पतालको तथ्यांक



Download our app to get more features

काठमाडौं, ८ कात्तिक। नवजात शिशुको मृत्युको पहिलो कारण अस्पतालमा हुने संक्रमण बन्ने गरेको छ ।

अस्पतालमा हुने फोहोर वस्तुको संक्रमणका कारण नवजात शिशुको मृत्यु बढी हुने गरेको हो । अस्पताल हाताभित्र हुने फोहोर र व्यक्तिगत सरसफाई नभएका कारण पनि शिशुमा संक्रमण फैलिने गरेको चिकित्सकले बताएका छन् । अघिकांश शिशुको मृत्यु शल्यक्रियापछि हुने संक्रणका कारणले हुने गरेको कान्त्ति बाल अस्पतालका निर्देशक डा. गणेशकुमार राईले बताए । उनकाअनुसार संक्रमण कै कारण शल्यक्रिया गरिएका नवजात शिशुको मृत्युदर बढी हुन्छ । 

शल्यक्रिया सफल रुपमा गरे पनि कुनै न कुनै रुपमा बच्चाको नजिक परिवारका सदस्य वा कतिपय स्थितिमा चिकित्सकले लगाउने लुगाबाट समेत संक्रमण हुने गरेको राईले बताए । नवजात शिशुको रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ उनले भने, ‘यस्तो अवस्थामा शल्यक्रिया गरेका नवजात शिशुलाई विभिन्न संक्रमण हुनसक्छ । जसका कारण शल्यक्रिया गरेका धेरै नवजात शिशुको मृत्यु भएको छ ।’ अस्पतालले अस्पताल सफा राख्ने प्रयास गरे पनि पूर्ण सम्भव भएको छैन ।  जसले बच्चामा संक्रमण निम्त्याउने गरेको छ । 

यस्तो छ नवजातशिशुको मृत्युदर 
कान्तिबाल अस्पतालमा शल्यक्रिया गरिएका अधिकांश नवजात शिशुको मृत्यु संक्रमणका कारण भएको छ । विगत एक बर्षको तथ्याङ्क हेर्दा कान्ति बाल अस्पतालमा १ सय ६ नवजात शिशुको मृत्यु भएको छ । ६ सय ९८ जनानवजात शिशुको शल्यक्रिया गर्दा १ सय ६ जनाको संक्रमण र अन्य कारणले मृत्यु भएको निर्देशक राईले बताए । नेपालको एकमात्र केन्द्रीय बाल अस्पताल भएकाले यसलाई व्यवस्थीत र भरपर्दो बनाउने अभियानमा लागेको उनले दाबी गरे ।

३० दिन मुनिका ४८ को मृत्यु
गत एक वर्षमा अस्पतालमा ३० दिनमुनिका १ सय ९३ जना बच्चाको अप्रेसन गरिएकोमा ४८ जनाको मृत्यु भएको छ । एक महिनादेखि १२ महिनासम्मका १ सय २५ बच्चाको अप्रेसनमा ४ जनाको मृत्यु भएको निर्देशक राइले बताए । १ बर्षदेखि १४ बर्षसम्मका ३ सय ८० जना बच्चाको अप्रेसनमा ५४ जनाको मृत्यु भएको थियो ।  
 

Last modified on 2017-10-27 07:42:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts