सात सय आँख बिरामीले पाए उपचार

What's This?


Download our app to get more features

फाल्गुन १६, गैँडाकोट । नवलपरासीको गैँडाकोटमा सञ्चालित आँखा परीक्षण शिविरबाट करिब ७ सय बिरामीले उपचार सेवा पाएका छन् । 
नेपाल आँखा अस्पतालको आयोजनामा ३२ जना चिकित्सकको समूहले गरेको शिविरमा ७ सय सर्वसाधारणले आँखा
जचाएका छन् ।। सो क्रममा आँखा शिविरमा धेरैजसो बिरामीमा मोतिबिन्दु, आँखा कमजोर तथा विभिन्न किसिमका आँखाका समस्या देखिएका थिए । शिविरबाट धेरै सर्वसाधारण लाभान्वित बनेको भन्दै बिरामीले खुसी व्यक्त गरेका छन् । पछिल्लो समय बढ्दै गएका आँखाका बिरामीलाई लक्षित गर्दै गैँडाकोट नेवापुचको व्यवस्थापनमा जनता उच्च माविमा शिविरको आयोजना गरिएको हो ।

Last modified on 2016-02-28 17:38:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts