नेपाल नेशनल अस्पतालमा ७० जनाले गरे रक्तदान



Download our app to get more features

काठमाडौं, २८ असोज । काठमाण्डौ उपत्यकामा रगतको अभाव पूर्ति गर्ने उद्देश्यले नेपाल नेशनल अस्पताल कंलकीले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । 

अस्पतालले हेरक तीन महिनाको फरकमा रक्तदान कार्यक्रम गर्न गरेको अस्पतालका छाती रोग विशेषज्ञ प्रकाश पौडेलेले जानकारी दिए । एउटा स्वस्थ व्यक्तिले तीन महिनाको फरकमा रक्तदान गर्न सक्छ । रक्तदान गर्दा स्वास्थ्यलाई फाइदा हुने कुराको जनचेतना जगाउनको लागि पनि कार्यक्रम सञ्चालन गरेको डा. पौडेलले बताए । पौडेलका अनुसार एक पोका रगतले तीनजनाको ज्यान बचाउन सकिन्छ । एक पोका रगतमा ३ सय ७५ मिलि लिटर रगत हुन्छ । कार्यक्रममा पूर्व  शिक्षामन्त्री धनीराम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । असार २८ गते पहिलो पटक रक्तदान कार्यक्रम सञ्चालन गरेको अस्पतालले शनिबार आफ्नो दोस्रो चरणको कार्यक्रम सम्पन्न गरेको हो । अस्पतालले यस कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । 

Last modified on 2017-10-14 18:10:42

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts