मोटोपन यसरी घटाउन सकिन्छ (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौं, २३ वैशाख । सुन्दर तथा आकर्षक  बन्न कस्लाई पो रहर हुँदैन ! जब मानिस मोटाउँदै जान्छ तब कसरी दुब्लाउने भन्ने सोच्न थाल्छ । शरीरलाई आकर्षक देखाउन जिम, व्यायाव सबै गर्दा पनि तौल घटाउन नसक्दा धेरै व्यक्ति निरास भएका हुन्छन । उनीहरुलाई लिपोसक्सन गरेर पनि शरीर आकर्षक देखाउन सकिने चिकित्सकहरु बताउँछन् ।

लिपोसक्सन भनेको शरीरको विभिन्न भागमा जमेको बोसोलाई शल्यक्रिया गरेर निकाल्ने माध्यम हो । शरीरको बोसो निकालेर आकर्षक देखाउने भएकाले यसलाई बडि कन्टोरिग पनि भनिने वरिष्ठ प्लास्टिक सर्जन डा. ईश्वर लोहनीले बताए । शरीरमा बोसोे बढी भयो वा कुनै स्थानमा बम्प भएमा एक ठाउँबाट तानेर अर्को ठाउँमा राखेर शरीरलाई मिलाउने काम गरिन्छ । लिपोसक्सन गर्दा शरीरमा सानो प्वाल पारेर बोसो निकालिने डा. लोहनी बताउँछन् । 

‘लिपोसक्सनलाई तौल घटाउने शल्यक्रियाको रुपमा लिनु हुँदैन ।’ डा. लोहनी भन्छन् । बढी फ्याट भएका र विभिन्न व्यायाम गर्दा पनि फ्याट कम नभएका व्यक्तिमा लिपोसक्सन गर्न सकिन्छ । तर सकेसम्म शरीरमा रहेको बोसोलाई जिम, व्यायाम, विभिन्न एक्ससाइज गरेर बोसो घटाउनुपर्छ । बोसो निकालेर तौल घटाउनु हुँदैन ।  त्यसैले लिपोसक्सनलाई शरीरको तौल घटाउने अन्तिम विकल्पको रुपमा मात्र लिनु पर्ने डा. लोहानीले बताए । 

अस्वभाविक रुपमा शरीरको कुनै भाग ठूलो भएमा यो विधि अपनाउन सकिन्छ । गाइनेको मास्टिया अर्थात पुरुषको स्तनमा फ्याट बढी भएमा नराम्रो देखिने भएकाले यो विधि धेरै अपनाउने गरिन्छ । यो विधिद्धारा सानो प्वाल पारेर ट्युवको सहायताले पुरुषको स्तनबाट बोसो निकालिन्छ । जसले गर्दा नराम्रो देखिने छातीलाई मिलाउन सकिन्छ ।

नेपालमा तौल घटाउने भन्दापनि बडी कन्टोरिङ्गका लागि फ्याट ग्राफ्टिङ्ग धेरै गरिन्छ । फ्याट ग्राफ्टिङ्ग भनेको एक स्थानबाट फ्याट निकालेर अन्य स्थान तथा खाल्टो परेको स्थान पुर्ने पक्रिया हो । यसका लागि शरीरको कुनै एक स्थानबाट सिरिन्जको साहयताले बोसो निकालेर त्यसमा भएको पानी फालेर अर्को स्थानमा फिल गरिन्छ । हामीसँग सामानको कमिले गर्दा सानो तिनो खाल्टो मात्र पुर्ने गरेको डा. लोहनी बताउँछन् । 

लिपोसक्सन गर्दा शरीरमा कुनै असर नपरेता पनि कहिलेकाही चुरोट सेवनगर्ने व्यक्तिमा लिपोसक्सन गरेको भागमा रक्त संचार कम भई छाला मर्ने समस्या हुन सक्ने उनले बताए ।

 

Last modified on 2016-05-06 10:57:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts