माटोले ठीक गर्छ 'जोर्नीको दुखाई'
माटोको पट्टी बनाएर लगाउनाले पेट पोल्ने, अल्सर र एसिडीटीमा राहत
प्राचिन उपचार पद्वतिमा माटोको प्रयोग धेरै हुन्छ । यो पद्वति अनुसार माटो शरीरको पञ्च महाभूत अर्थात् पृथ्वी, जल, अग्नि, आकाश र वायू मध्ये एक हो ।
यिनै तत्वमा असन्तुलन हुँदा शरीर रोगी बन्छ । यसैकारण शरीरको तत्वमा सन्तुलन बनाउन उपचारमा माटोको प्रयोग गरिन्छ
तातो माटो : माटोको लेप बनाएर एक घन्टासम्म तातो बनाउने र त्यस लेपलाई शरीरमा लगाउने । यसले शरीरको जोर्नीमा हुने दुखाई, मांशपेसीको दुखाई, बाँउडिने समस्यामा राहत मिल्छ ।
चिसो माटो : माटोमा चिसो पानी मिसाएर ६ देखि ८ घन्टा सम्म भिजाएर राख्ने । त्यसपछि उक्त माटोको पट्टी बनाएर लगाउनाले पेट पोल्ने, अल्सर र एसिडीटीमा राहत हुन्छ ।
सर्वांग माटो : पानीमा भिजेको माटोलाई लेप लगाउन सकिने जस्तो बनाएर टाउकोदेखि पैतालासम्म लेप लगाउनु सर्वांग लेप हो । यसले उच्च रक्तचाप, छालाका रोगहरूमा
राहत मिल्छ । माटोको उपचार पद्वतिमा कुमाल समुदायले प्रयोग गर्ने कालो माटो बढी फाइदाजनक हुन्छ । उक्त माटोको लेपमा थोरै मात्रामा बालुवा मिसाउने गरिन्छ । उक्त लेपको लागि प्रयोग हुने माटो जमिन भन्दा ३ देखि ४ फिट तलबाट निकाल्नु उपयुक्त हुन्छ ।
तैलीय छाला भएकाहरूका लागि माटोमा कागतीको रस मिसाएर लगाउन सकिन्छ । माटोमा निमको प्रयोग पनि गर्न सकिछ । यसले छालामा हुने डन्डीफोर र अन्य दाना दागलाई हटाउनमा मद्दत गर्छ । माटोमा दही वा मह मिसाएर कपालमा लगाउदा नरम र मुलायम हुन्छ । मुल्तानी माटोमा चन्दनको पाउडर र गुलाब जल मिसाएर लगाउनाले अनुहारमा चम्किलोपना आउछ ।
(एजेन्सीको सहयोगमा)