आकर्षक शरीर बनाउन यस्ता विधि अपनाउनुहोस्



Download our app to get more features

शरीरको तौल मानिसले खाने खाना र गर्ने मेहनतमा भर पर्छ । स्वस्थ शरीरका लागि एक जना मानिसलाई दैनिक १२ सय क्यालोरी आवश्यकता पर्छ भने रातको समयमा शरीरले केबल दुई सय क्यालोरी मात्र उपयोग गर्छ । राती खाएको खाना शरीरले बोसोमा बदल्छ । त्यसैले शरीरका लागि रातको खानामा कम क्यालोरी भए पनि हुने चिकित्सकहरू बताउँछन । 

– हिप, पाखुरा, थाई र कम्मर महिलाहरूको बढी बोसो जम्मा हुने भाग हुन् । यिनै भागलाई फोकस गरेर त्यहाँ जमेकोे बोसोलाई कम गर्न सकिन्छ ।

– मेसिनद्वारा जेल लगाएर आफूले चाहेको भागको बोसो कम गर्न सकिन्छ ।

– मनतातो पानीमा कागती राखेर हरेक बिहान पिउने गर्नाले पेटको अनावश्यक बोसो घट्छ ।

– गार्डेनिङ, घरको काम र अग्लो घरको माथितल गर्दा शरीरको बोसो घट्छ । यदि तपाईं जिममा ‘वर्कआउट’ गर्दै हुनुहुन्छ भने ट्रेनरको सुझाब अनुसार डाइट चार्ट फलो गर्नुपर्छ । ट्रेनरले भने अनुसार नगरे शरीरलाई लाभ हुनुको साटा नोक्सान पनि पुग्न सक्छ । 

– तौल घटाउनु मात्र होइन, तौल बढाउनु पनि ठूलो समस्या हो । कतिपय युवतीले जिरो साइज फिगर चाहना राख्छन् । तर, जिरो साइज सधैँ र सबै ड्रेसमा उपयुक्त हुँदैन । आधुनिक होस् वा पारम्परिक, जुनसुकै परिधानका लागि मिलेको जिउ हुनु आवश्यक छ । चिटिक्क मिलेको जिउमा जस्तो ड्रेस पनि सुहाउने गर्छ। तौल बढाएर सेक्सी लुक पाउनका लागि धेरै युवती हेल्थ क्लब, जिम पुग्ने गर्छन् । जहाँ कम्मर, छातीजस्ता भागलाई मात्र फोकस गरेर एक्सरसाइज गराइन्छ । 

Last modified on 2017-10-10 19:39:23

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts