सिधा होईन अब उल्टो दौडिनुस्



Download our app to get more features

उल्टो दौडनु हाम्रो समाजमा अनौठो लागे पनि विकशित देशमा यो प्रचलन नयाँ होइन । यूरोपका देशहरू र एसियाकै जापानमा वर्षौदेखि उल्टो दौडने प्रतियोगिता नै हुने गर्छ । सुन्दा अनौठो लागे पनि उल्टो दौडनुको फाइदा सिधा दौडिनु भन्दा बढी हुन्छ ।

उल्टो दौडनुका यस्ता छन् फाइदाहरू :– 

शारीरिक अवस्थामा सुधार 
सिधा दौडनदा ढाड अगाडी निहुँरिन्छ । ढाड अगाडी झुक्नाले घाँटी र पिठ्यूमा पीडा हुन्छ । तर उल्टो दौडदा पिठ्यू र ढाड सिधा हुन्छ । जसले शारीरिक अवस्थामा सुधार ल्याउँछ । 

तौल कम गर्न मद्दत 
सिधा दौडनु भन्दा उल्टो दौडने मानिसमा २० प्रतिशत बढी क्यालोरी घट्ने हुन्छ । जसले शारीरको तौल घटाउन मद्दत गर्छ ।

मुटुलाई सक्रिय बनाउँछ 
उल्टो दौडने मानिसमा सिधा दौडिनेको तुलनामा बढी मिहिनेत गनुपर्ने हुन्छ । यसले मुटुलाई थप सक्रिय बनाउँछ । 

मुड रहन्छ ताजा 
धेरै समयसम्म सिधा दौडनाले तपाईँलाई झ्याउ लाग्न सक्छ । तर, उल्टो दौडदा फरक अनुभव हुन्छ । जसले गर्दा तपाईंको मुड ताजा रहन्छ ।

मांसपेशी हुन्छ बलियो 
उल्टो दौडनाले मांसपेशी बलियो हुन्छ ।

चोट लागे पनि दौडन सकिन्छ 
समान्य चोटपटक लागेको बेला पनि उल्टो दौडन सकिन्छ । यतिमात्र नभई सिधा दौडिनु भन्दा उल्टो दौडदा घुँडामा कम दबाब पर्छ । 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-09-30 08:09:58

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts